Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०
काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर भएकी सज्जा चौलागाईले नेपाल आइडल सिजन–३ को उपाधि जित्न सफल भएकी छिन् । योसँगै उनी नेपाली अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी सोकि प्रथम नारी (महिला) बिजेताको रुपमा आफ्नो नाम दर्ज गराउन सफल भएकी छिन् ।

काठमाडौंमा आज भएको नेपाल आइडल सिजन–३ को फाइल प्रतिस्पर्धामा प्रवीण बेटुवाल र किरणकुमार भुजेललाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । चौलागाईले उपाधि जित्दै गर्दा भेटुवाल पहिलो रनरअप र भुजेल दोश्रो रनरअप बने । दर्शकबाट प्राप्त मत र निर्णायकको मूल्यांकनबाट चौलागाईले उपाधि जितेको घोषणा गरिएको थियो ।

योसँगै उनले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् भने भेटुबालले १०लाख र भुजेलले ५ लाख पुरस्कार प्राप्त गरेका छन् । स्कुले जीवनदेखि नै गायनमा पाइला राखेको बताउने चौगागाई क्याम्पस जीवनमा पनि गायन क्षेत्रमा सक्रिय रहेकी थिइन् भने अहिले पनि विभिन्न सांगीतिक व्याण्डसँग आबद्ध भएर सांगीतिक प्रस्तुती दिँदै आएकी थिइन् ।
यस्तै पहिलो रनरअप बनेका भेटुवाल बर्दिया राजापुरका र दोश्रो रनरअप बनेका भुजेल महोत्तरी बर्दिबासका स्थायी बासिन्दा रहेका छन् । उनीहरुले पनि सानैदेखि आफूहरुमा सांगीतिक झुकाव रहेको बताउँदै आएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा
२०७९ फाल्गुन ८ गते सोमबार
२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु...
कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...
कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु
२०७७ भाद्र २८ गते आइतबार
१३ सेप्टेम्बर, २०२०दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि...
आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु
२०७९ फाल्गुन ३ गते बुधबार
१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध...
Top