Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०
रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको प्रकोपबाट युरोपेली मुलुक इटलीमा हालसम्म सबैभन्दा बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म इटलीका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण १ हजार ८ सय ९ जनाले ज्यान गुमाएका छन् । इटलीमा हालसम्म २४ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण फैलिएपछि सिँगो देश लकडाउन भएको छ ।
इटलीमा बजार तथा शैक्षिक संस्थाहरु बन्द छन् । यस्तै सार्वजनिक यातयातलगायत पनि बन्द गरिएको छ । झण्डै पाँच करोड नागरिहरुलाई घरभित्रै बस्न यहाँको सरकारले निर्देशन दिएको छ । इटलीमा हालसम्म २ हजार ३ सय ३५ जना कोरोनाको प्रकोपपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् । २० हजार ६ सय ३ जनामा संक्रमणले बलियो प्रभाव छाडेको छ जसमध्ये १ हजार ६ सय ६२ जनाको अवस्था गम्भीर छ ।
प्रधानमन्त्री ज्युसेपे कोन्टेले देशको बुढो जनसंख्याको सुरक्षा र स्वास्थ्य प्रणालीलाई ध्वस्त हुनबाट बचाउन साझा बलिदानको लागि नागरिकहरुसँग विशेष आग्रह गरेका समाचारहरु यहाँका सञ्चारमाध्यमबाट प्रशारण भै रहेका छन् । व्यापार व्यवसाय समेत विगत केहीसाता याता ठप्प प्राय छ ।
इटलीलगायत, स्पेन, स्वीट्जरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, नर्वे, स्वीडेन, बेल्जियम, अस्ट्रिया, डेनमार्क, पोर्चुगल, फिनल्याण्ड, स्लोभानिया, इस्टोनिया, आयरल्याण्ड, पोल्याण्ड, लक्जेम्बर्ग, बुल्गेरियालगायतका युरोपेली मुलुकहरुमा सयौं मानिसहरु कोरोनाका कारण अस्पतालमा उपचाररत छन् । जसका कारण युरोपको आन्तरिक उडान तथा अन्य आयात निर्यात् अवरुद्ध बनेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...
अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट...
हिमाल देखाएर विदेशी ल्याउने मात्रै कि सुरक्षामा पनि ध्यान दिने ?
२०७६ मंशिर २३ गते सोमबार
– पि.एल तरंग स्पेनको मड्रिड सहरमा यतिबेला जलबायु परिवर्तनसम्बन्धी...
कसले जलायो चितवनमा एनसेलको टावर ?
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...
Top