इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार


१६ मार्च, २०२०
रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको प्रकोपबाट युरोपेली मुलुक इटलीमा हालसम्म सबैभन्दा बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म इटलीका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण १ हजार ८ सय ९ जनाले ज्यान गुमाएका छन् । इटलीमा हालसम्म २४ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण फैलिएपछि सिँगो देश लकडाउन भएको छ ।

इटलीमा बजार तथा शैक्षिक संस्थाहरु बन्द छन् । यस्तै सार्वजनिक यातयातलगायत पनि बन्द गरिएको छ । झण्डै पाँच करोड नागरिहरुलाई घरभित्रै बस्न यहाँको सरकारले निर्देशन दिएको छ । इटलीमा हालसम्म २ हजार ३ सय ३५ जना कोरोनाको प्रकोपपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् । २० हजार ६ सय ३ जनामा संक्रमणले बलियो प्रभाव छाडेको छ जसमध्ये १ हजार ६ सय ६२ जनाको अवस्था गम्भीर छ ।

प्रधानमन्त्री ज्युसेपे कोन्टेले देशको बुढो जनसंख्याको सुरक्षा र स्वास्थ्य प्रणालीलाई ध्वस्त हुनबाट बचाउन साझा बलिदानको लागि नागरिकहरुसँग विशेष आग्रह गरेका समाचारहरु यहाँका सञ्चारमाध्यमबाट प्रशारण भै रहेका छन् । व्यापार व्यवसाय समेत विगत केहीसाता याता ठप्प प्राय छ ।

इटलीलगायत, स्पेन, स्वीट्जरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, नर्वे, स्वीडेन, बेल्जियम, अस्ट्रिया, डेनमार्क, पोर्चुगल, फिनल्याण्ड, स्लोभानिया, इस्टोनिया, आयरल्याण्ड, पोल्याण्ड, लक्जेम्बर्ग, बुल्गेरियालगायतका युरोपेली मुलुकहरुमा सयौं मानिसहरु कोरोनाका कारण अस्पतालमा उपचाररत छन् । जसका कारण युरोपको आन्तरिक उडान तथा अन्य आयात निर्यात् अवरुद्ध बनेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि...

नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...

डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस...

शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी...

Top