रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने रसुवामा आज साँझ भएको टाटासुमो दुर्घटनामा २ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी ३ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट रिजर्भ गरेर रसुवाको गोल्जुङ्गका लागि अघि बढेको सो जिप आज साँझ रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सडकबाट त्रिशुली नदिमा जीप खसेकोले वेपत्ता भएकाहरुको खोजी कार्यमा प्रहरी जुटेको छ । रातिको समम भएकोले उनीहरुको खोजी कार्य कठिन भएको प्रहरीको भनाई छ । बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिकाको गुम्चेतमा दुर्घटनामा परेलगत्तै स्थानीयबासी, नेपाली सेनालगायत उद्दारमा खटिएका छन् ।

दुर्घटनामा ज्यान गुमाउने तथा वेपत्ताहरुको सनाखत भै सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा……. पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….

२०७६ पुष १९ गते शनिबार

काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार  अब नरोकिने सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...

हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...

Top