Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुलाई, २०१९
कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिको आसन्न प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालबाट एउटा जम्बो टोली डेनमार्क आउन लागेको छ । काँग्रेस स्रोतले दिएको जानकारी अनुसार यसरी मनलाग्दी ढंगले जम्बो टोली आउने भएपनि यसको पार्टीकै कार्यकर्ताले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । आगमी असार ६ देखि ८ गतेसम्म (२१ देखि २३ जुन) डेनमार्कको कोपनहेगनमा हुन लागेको सो कार्यक्रममा सहभागी हुन झण्डै २५ जनाको जम्बो टिम यता आउँदैछ ।
जसमा कार्यक्रममा प्रमुख अतिथि काँग्रेस उपसभापति विमलेन्द्र निधि, उहाँकी श्रीमती र दुई छोरा समेत रहेको बताइएको छ । यद्यपि निधि भने डेनमार्कको संसदीय चुनावको अनुमगनका लागि आजमात्रै डेनमार्क आइसक्नुभएको छ । कार्यक्रममा सहभागी हुन नेजसले ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई निम्तो पठाईसकेको छ । काँग्रेस उच्च स्रोतका अनुसार, काँग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी गगन थापा, भीष्मराज आङदेम्बे, दीपक गिरी धनराज गुरुङ, अर्जुनप्रसाद जोशी, गोविन्द्र भट्टराई, आमन्त्रित सदस्य किरण पौडेल, आरजु राणा, भक्तपुर सभापति दुर्लभ थापा, प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक डा. पुरुषोत्तम दाहाल, राजु नेपाल, कान्ता रिजाल, नानुमैंया बास्तोला, प्रतिमा गौतम, केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्य, केन्दीय कार्यालयका प्रकाश शर्मालगायतको टोली पनि सो कार्यक्रममा सहभागी हुन डेनमार्क आउन लाग्नुभएको छ ।
एकैपटक यतिठूलो संख्यामा नेता, कार्यकर्ता तथा उनका परिवार आउने भएपनि पार्टीभित्र यो विषयमा चर्को विवाद बढेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले...
भारतमा भएको बस दुर्घटनामा ३९ जनाको शव भेटियो, मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत : प्रधानमन्त्री मोदी
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान...
जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...
कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो
२०७६ चैत्र २९ गते शनिबार
११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...
Top