Best Khabar Team | २०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०
काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनासहित पछिल्लो २४ घण्टामा देशभर ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाको भक्तपुरमा ३ जना ललितपुरमा २ जना र काठमाडौंमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं बाहेक गण्डकी प्रदेश, दुई नम्बर प्रदेश, सुदुरपश्चिम प्रदेशलगायतका प्रदेशअन्र्तगतका विभिन्न जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । आज गण्डकी प्रदेशमा पर्ने मनाङ्गमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । चामे गाउँपालिकामा कार्यरत कपिलबस्तु स्थायी घर भएका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यस्तै देशभरबाट १ हजार १ सय ८६ जना उपचारपछि घर फर्केका छन् भने २२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
पछिल्लो केही दिनयता भारतबाट नेपालमा आउनेहरुको संख्या बढेसँगै सरकारले कोरोनाको परीक्षणपनि बढाएको छ । जेठको पहिलो सातादेखि भारतबाट नेपाल आउने नेपालीहरुलाई विभिन्न नाकाबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिँदै आएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा
२०७७ फाल्गुन २३ गते आइतबार
०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट...
पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट...
नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो
२०७६ चैत्र २५ गते मंगलबार
०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...
विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित)
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाललगायत विश्वका...
Top