Best Khabar Team | २०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०
काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनासहित पछिल्लो २४ घण्टामा देशभर ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाको भक्तपुरमा ३ जना ललितपुरमा २ जना र काठमाडौंमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं बाहेक गण्डकी प्रदेश, दुई नम्बर प्रदेश, सुदुरपश्चिम प्रदेशलगायतका प्रदेशअन्र्तगतका विभिन्न जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । आज गण्डकी प्रदेशमा पर्ने मनाङ्गमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । चामे गाउँपालिकामा कार्यरत कपिलबस्तु स्थायी घर भएका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यस्तै देशभरबाट १ हजार १ सय ८६ जना उपचारपछि घर फर्केका छन् भने २२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
पछिल्लो केही दिनयता भारतबाट नेपालमा आउनेहरुको संख्या बढेसँगै सरकारले कोरोनाको परीक्षणपनि बढाएको छ । जेठको पहिलो सातादेखि भारतबाट नेपाल आउने नेपालीहरुलाई विभिन्न नाकाबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिँदै आएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...
समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...
आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध
२०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै...
तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा...
Top