जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द

Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार


१४ मे, २०२०
काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको पास लिएर त्यसको दुरुपयोग गर्ने क्रम बढेको ठहर गर्दै कोरोनाको जोखिम कम गर्नका लागि लकडाउनमा थप कडाई गर्ने भएको छ । गृहमन्त्रालयले आगामी जेठ ३ गतेदेखि लागूहुने गरी देशव्यापी रुपमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सबै सवारी साधनको पास रद्द हुने निर्णय गरेसँगै लकडाउन थप कडा हुने निश्चित भएको छ ।

हाल देशका विभिन्न जिल्लामा पहुँचको भरमा स्थानीय प्रशासन र निकायबाट सवारी पास लिएर सडकमा सवारी लिएर हिड्ने क्रम बढेपछि त्यसर्लाइ रोक्न गृहले यो कदम चाल्न लागेको हो । गृहमन्त्रालयको यो निर्णयसँगै अब एउटै जिल्लाभित्र सञ्चालनका लागि अनुमति पाएका सवारी साधनका सबै पासहरु स्वतः खारेज हुने भएका छन् । मन्त्रालयको यो निर्णयले अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालनमा भने कुनै बाधा पुग्ने छैन ।

पछिल्ला दिनमा पास लिएर काठमाडौं आएका वा जिल्लाभित्रै यात्रा गरेकाहरुमा पनि कोरोना देखिएपछि सरकारले यो निर्णय गरेको हो । नयाँ व्यवस्था अनुसार अब एक जिल्लाबाट अर्को जिल्ला जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने भएको छ । यस्तै अति आवश्यकीय कामका लागि काठमाडौं उपत्यका बाहिर जानुपर्ने भए वा काठमाडौं भित्रने गाडीका हकमा गृहमन्त्रालयको स्वीकृति लिएर मात्रै पास दिइने छ ।

देशभर २ सय ४६ जनामा कोरोना देखिएपछि र काठमाडौं भित्रै कोरोना संक्रमितहरु देखिन थालेपछि गृहमन्त्रालयले यो निर्णय गरेको हो । सरकारले यसअघि नै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने सवारी साधनको पास रद्द गरिसकेको छ ।

यो निर्णय लागूभएसँगै अब काठमाडौं उपत्यका भित्र रहेका भक्तपुर र ललितपुरका स्थानीय एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ गर्न नपाउने भएका छन् । प्रेस, एम्बुलेन्स, शवबहानलगायतका अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारी साधनमा यो नियम लागू नहुने बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...

मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा

२०८० कार्तिक ११ गते शनिबार

२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...

मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’ मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...

उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...

Top