रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार


०९ जुन, २०२०
तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना पुरुषले ५ जना गाउँलेको सामूहिक हत्या गरेका छन् । रुपन्देही जिल्लाको तिलोत्तमा नपा वडा नम्बर १० मा गएराति स्थानीय एक कृषि फार्ममा काम गर्ने पाँचजना कामदारको सामूहिक हत्या भएको हो । हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा रहेको कान्छीबजारमा गएराति सो हत्याकाण्ड भएको प्रहरीले जनाएको छ ।

तस्वीर सौजन्य : बुटबल प्रहरी ।

घटनामा संलग्न सुर्खेतका झसेन्द्र सिंजालीलाई प्रहरीले स्थानीय गंगादेवी कृषि फार्म नजिकैबाट नियन्णमा लिएको छ । सिंजालीले गएराति स्थानीय रामबहादुर पुनले सञ्चालनमा ल्याएको सो कृषि तथा पशुफार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । सो घटनामा रुपन्देहीको सैनामैना मुर्गियाका ४१ वर्षका माधव मुसहर, ३७ वर्षकीजानकी मुसहर, ७ वर्षका करण चौधरी, १४ वर्षका पोषराज मुसहर र १६ वर्षका आशिष चौधरीको हत्या भएको छ ।

हत्यारा घटनास्थल नजिकैबाट बेहोस अवस्थामा फेला परेको र उनलाई अहिले बुटबलमा अस्पतालमा राखेर उपचार थालिएको छ । उनी गएराति मदिरा खाएर सुतेको र केहीबेरपछि नै सो हत्याकाण्ड भएको बताइएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले घटना स्वीकार गरेका छन् । पछिल्लो समयमा अभियुक्तको श्रमीतीसँगको सम्बन्धमा पनि चिसोपन आएको बताइएको छ । जसका कारण उनीहरुको परिवारमा दिनहुँ जसो झगडा भै रहेको गरेको छिमेकी बताउँछन् । घटनास्थलमा अहिले प्रहरीले पहरा दिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा ! कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा !

२०७७ कार्तिक १ गते शनिबार

१७ अक्टोबर, २०२०काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाडको रुपमा...

रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...

काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...

कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने

२०७६ फाल्गुन २० गते मंगलबार

०३ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको...

Top