Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०
तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना पुरुषले ५ जना गाउँलेको सामूहिक हत्या गरेका छन् । रुपन्देही जिल्लाको तिलोत्तमा नपा वडा नम्बर १० मा गएराति स्थानीय एक कृषि फार्ममा काम गर्ने पाँचजना कामदारको सामूहिक हत्या भएको हो । हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा रहेको कान्छीबजारमा गएराति सो हत्याकाण्ड भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सुर्खेतका झसेन्द्र सिंजालीलाई प्रहरीले स्थानीय गंगादेवी कृषि फार्म नजिकैबाट नियन्णमा लिएको छ । सिंजालीले गएराति स्थानीय रामबहादुर पुनले सञ्चालनमा ल्याएको सो कृषि तथा पशुफार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । सो घटनामा रुपन्देहीको सैनामैना मुर्गियाका ४१ वर्षका माधव मुसहर, ३७ वर्षकीजानकी मुसहर, ७ वर्षका करण चौधरी, १४ वर्षका पोषराज मुसहर र १६ वर्षका आशिष चौधरीको हत्या भएको छ ।
हत्यारा घटनास्थल नजिकैबाट बेहोस अवस्थामा फेला परेको र उनलाई अहिले बुटबलमा अस्पतालमा राखेर उपचार थालिएको छ । उनी गएराति मदिरा खाएर सुतेको र केहीबेरपछि नै सो हत्याकाण्ड भएको बताइएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले घटना स्वीकार गरेका छन् । पछिल्लो समयमा अभियुक्तको श्रमीतीसँगको सम्बन्धमा पनि चिसोपन आएको बताइएको छ । जसका कारण उनीहरुको परिवारमा दिनहुँ जसो झगडा भै रहेको गरेको छिमेकी बताउँछन् । घटनास्थलमा अहिले प्रहरीले पहरा दिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम
२०७९ फाल्गुन १४ गते आइतबार
२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...
कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा
२०७९ फाल्गुन ८ गते सोमबार
२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु...
युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते
२०७९ फाल्गुन १७ गते बुधबार
०१ मार्च, २०२३लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति...
Top