प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल

Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार


१४ जनवरी, २०२०
बुटबल । अन्ततः प्रदेश नम्बर ५ को राजधानी बुटबल कायम हुने सम्भावना प्रबल बनेको छ । प्रदेशहरुको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समिति स्रोतका अनुसार प्रदेश नम्बर पाँचको राजधानी बुटबललाई नै कायम गर्नेमा बहुमत देखिएको छ ।

विशेष समितिका एक सदस्यका अनुसार यसअघि चर्चामा रहेको दाङ्ग भन्दा बुटबललाई नै प्रदेश नम्बर ५ को राजधानी बनाउन उपयुक्त हुने भन्ने विषयमा समिति सम्बद्ध बहुमत सदस्यले सहमति जनाएका छन् । केही सदस्यले दाङ्गलाई राजधानी बनाउन सुझाव दिएपनि बुटबल नै पायक पर्ने भन्दै यो नै कायम गर्ने सम्भावना बढी छ ।

सो प्रदेशको नाम भने लुम्बिनी प्रदेश राख्ने विषय टुंगिएको छ । प्रदेशको राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था भए अनुसार समितिमा बहुमत नेकपा सम्बद्ध सदस्य रहेकोले यो प्रस्ताव पारित हुने सम्भावन प्रवल रहेको हो । यसअघि प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने विषयमा सहमति बनिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए

२०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई...

हारेर होइन जितेर हराऔं कोरोना हारेर होइन जितेर हराऔं कोरोना

२०७७ जेठ १९ गते सोमबार

बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...

स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

२०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...

समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल ! समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !

२०७७ भाद्र २७ गते शनिबार

१२ सेप्टेम्बर, २०२०फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर...

Top