प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल

Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार


१४ जनवरी, २०२०
बुटबल । अन्ततः प्रदेश नम्बर ५ को राजधानी बुटबल कायम हुने सम्भावना प्रबल बनेको छ । प्रदेशहरुको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समिति स्रोतका अनुसार प्रदेश नम्बर पाँचको राजधानी बुटबललाई नै कायम गर्नेमा बहुमत देखिएको छ ।

विशेष समितिका एक सदस्यका अनुसार यसअघि चर्चामा रहेको दाङ्ग भन्दा बुटबललाई नै प्रदेश नम्बर ५ को राजधानी बनाउन उपयुक्त हुने भन्ने विषयमा समिति सम्बद्ध बहुमत सदस्यले सहमति जनाएका छन् । केही सदस्यले दाङ्गलाई राजधानी बनाउन सुझाव दिएपनि बुटबल नै पायक पर्ने भन्दै यो नै कायम गर्ने सम्भावना बढी छ ।

सो प्रदेशको नाम भने लुम्बिनी प्रदेश राख्ने विषय टुंगिएको छ । प्रदेशको राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था भए अनुसार समितिमा बहुमत नेकपा सम्बद्ध सदस्य रहेकोले यो प्रस्ताव पारित हुने सम्भावन प्रवल रहेको हो । यसअघि प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने विषयमा सहमति बनिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...

Nepal & Cyber Security Nepal & Cyber Security

२०७६ मंशिर २९ गते आइतबार

Ravi Dhungel Nepal has seen a paradigm shift in...

सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा :  जसमा ३ छोरी, १ छोरा सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती...

भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै

२०७७ चैत्र ११ गते बुधबार

२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको...

Top