Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले यसअघि लगाएको हवाई तथा सिमा नाकामाथिको प्रतिबन्धको समय थप गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले आगामी जेठ ३१ गते (अर्थात् १३ जुन, २०२०) सम्मका लागि सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विश्वका अधिकांश देशमा अहिलेपनि कोरोनाको संक्रमण जारी रहेको र नेपालमा पनि कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सरकारले यसअघि घोषणा गरेको जेठ १८ अर्थात् मे ३० सम्मको समयसीमा बढाएर जेठ ३१ अर्थात् जुन १३ सम्मको लागि कायम गरेको हो ।
तर यसबीचमा विदेशी नागरिक लिनका लागि नेपाल आउने चार्टर विमानहरुले भने उडान भर्न पाउनेछन् । यस्तै सरकारले कुनै निर्णय गरेर विदेशमा रहेका नेपालीहरुलाई चार्टर गरेर नेपाल ल्याउन चाहेमा भने समितिले यो विषयमा थप छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ । यस्तै सरकारले सोही समयको लागि नेपाल भारत तथा नेपाल चीनबीचको नाका पनि बन्द गर्ने निर्णय गरेको छ ।
छिमेकी मुलुक चीन तथा भारत दुबै देशमा कोरोना संक्रमण नियन्त्रणमा नरहेको भन्दै सरकारले नाका खुला गरिए जोखिम बढ्ने भन्दै जेठ ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । तर अत्यावश्यकीय सामग्री तथा औषधीजन्य बस्तुको आयात निर्यातमा भने आवश्यक सावधानी अपनाएर निर्वाध रुपमा सवारी साधनहरु सञ्चालन गर्न सकिने समितिको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता
२०७६ पुष १५ गते मंगलबार
– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र...
पुनः बैवाहिक जीवनमा बाधिँदै नायिका श्वेता खड्का
२०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०काठमाडौं । विवाह गरेको केही समयपछि नै...
कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...
खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु
२०७६ मंशिर २७ गते शुक्रबार
काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ...
Top