दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


३० मे, २०२०
दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका एक युवकको आज दिउँसो ध्यान गएको छ । जिल्लाको दुल्लु नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नपा ११ का ३५ वर्षका युवकको आज दिउँसो एक्कासी लडेको र त्यसको केही समयपछि नै ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनका कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर स्वास्थ्य मन्त्रालयले भने यो समाचार तयार पार्दासम्म यसको औपचारिक पुष्टि गरेको छैन । रोजगारीका लागि भारत गएका उनी १० दिनअघि जिल्ला फर्केर क्वारेन्टाइनमा बस्दै आएका थिए । आज बिहान क्वारेन्टाइनमा रहेकै बेला चिया खाएर यताउता हिँड्न लाग्दा एक्कासी लडेको र त्यसको केही बेरेमै उनको मृत्यु भएको बताइएको छ ।

दुल्लु नगरपालिकाले पनि उनको मृत्यु भएको पुष्टि गर्दै कोरोनाकै कारण उनको मृत्यु भएको जनाएको छ । यद्यपि उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण भने नदेखिएको बताइएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । यस्तै देशभर १ हजार ४ सय २ जनामा कोरोना देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते

२०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ...

कतारमा कोरोना : १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाइयो कतारमा कोरोना : १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाइयो

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२० दोहो । कतारले कोरोना भाईरसको प्रकोप...

बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...

काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...

Top