अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार


२६ मे, २०२०
न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्व भर ३ लाख ५९ हजार ३ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा मात्रै यो रोगको प्रकोपबाट हालसम्म १ लाख भन्दा बढीको मृत्यु भै सकेको छ । कोरोना भाइरसको प्रभावबारे विश्वव्यापी तथ्यांक अद्यावधिक गर्ने ओल्डोमिटर डटकमले जारी गरेको तथ्यांक अनुसार अमेरिकी समय अनुसार आज मध्यान्ह १२ बजेसम्म अमेरिकामा १ लाख ३० जना कोरोनाका कारण मृत्युबरण गर्न पुगेका छन् ।

योसँगै विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशहरुको सूचीमा पहिलो नम्बरमा पर्ने देश पनि अमेरिका नै भएको छ । अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा धेरै संक्रमित अर्थात् १७ लाख १३ हजार जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै हालसम्म कोरोनालाई जितेर ४ लाख ६८ हजार ६ सय ६९ जना घर फर्केका छन् ।

अमेरिकापछि कोरोनाको कारण ज्यान गुमाउने देशरुको सूचीमा क्रमश बेलायत, इटली, फ्रान्स, स्पेन, ब्राजिललगायतका देशहरु रहेका छन् । कोरोनाबाट अमेरिकाको न्यूर्योकमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । न्यूर्योकमा हालसम्म कोरोनाका कारण २९ हजार ३ सय १० जनाको ज्यान गएको छ भने त्यसपछि न्यूजर्सी सबैभन्दा धेरै ज्यान गुमाउने राज्यको रुपमा रहेको छ । न्यूजर्सीमा हालसम्म ११ हजार १ सय ९२ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाका कारण दैनिक ज्यान गुमाएको संख्या पछिल्लो हप्ता केही कम भएपनि नयाँ संक्रमितहरु देखिने क्रम भने अमेरिकामा जारी रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...

शैक्षिक संस्था तत्काल नखुल्ने शैक्षिक संस्था तत्काल नखुल्ने

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै...

विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज

२०७५ चैत्र ९ गते शनिबार

२३ अप्रिल, २०१९ काठमाडौं । विभिन्न उमेर र पेशालाई...

Top