भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो

Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार


०२ मे, २०२०
मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी नदिमा वेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । योसँगै नदीमा हराईरहेका सबै अर्थात् ६ जनाकै शव प्राप्त भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको संयुक्त टोलीले निरन्तर रुपमा गरेको खोजीकार्य पछि घटना घटेको १० दिनमा आज भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव फेला पारेको हो ।

घटनास्थलमा हराईरहेको खोजीमा खटिएका प्रहरी । फाइल तस्वीर : वेस्टखबर

पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा एक स्थानीय युवतीलाई लिन गएकाहरुमाथि स्थानीयले आक्रमण गरेर लखेट्दा शाही सहित ६ जना वेपत्ता भएका थिए । वेपत्ता भएकामध्ये ५ जनाको शव यसअघि नै फेला परेको भएपनि गोविन्द भने वेपत्ता भएका थिए । भेनपा ११ मटेलाका १९ वर्षका शाहीको शव आज खोताखेला नजिकै भेटिएको प्रहरीले जनाएको छ । सो घटनामा परी सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि भेरी नदीमा फेला परेको थियो ।

जाजरकोटका नवराज विकले रुकुमकी मल्ल थरकी युवतीलाई भगाउन केही साथीहरुसहित उनको घर छेउ पुग्दा युवाहरुको टोलीमाथि एक्कासी गाउँलेले आक्रमण गरेका थिए । आक्रमणपछि नवराजसहित ६ जना वेपत्ता भएका थिए । घटनाको २ दिनपछि नवराजको पनि शव भेटिएको थियो । नवराज र उनका आफन्तले केटीपक्ष र गाउँलेको कुटाईबाट आफ्नो छोरालगायत अन्य पाँच जनाको मृत्यु भएको बताउँदै प्रहरीमा उजुरी दिएका थिए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले युवतीको गाउँका करिब २ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । घटनाको निष्पक्ष छानबिनका लागि संसदमा समेत सांसदहरुले जोडदार माग गर्दै आइरहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै...

भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित) भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...

काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल  महोत्सव आयोजना हुँदै काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय...

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने  युवकबाट : प्रहरी भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...

Top