Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०
हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर जिल्लाको दामनमास्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । काठमाडौंको ह्याम्स् अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
झ्याल नभएको कोठामा राति हिटर बालेर सुतेका उनीहरु बिहान बेहोस अवस्थामा भेटिएका थिए । ग्याँस हिटर बालेर सुतेका उनीहरु बिहान अचेत अवस्थामा भेटिलगत्तै हेलिकोप्टरमा राखेर उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । त्यसरी ल्याइएकामध्ये ५ जनाको उपचारकै क्रममा उनीहरुको मृत्यु भएको अस्पतालको भनाई छ । अरु तीन जनाको उद्दार गरेर काठमाडौं ल्याउने क्रममा ज्यान जएको हो ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ्गमा रहेको एभरेस्ट पानेरमा रिसोर्टमा उनीहरु बसेका थिए । मृतकमा चार बालबालिका, दुई महिला र दुई पुरुष रहेका छन् । उनीहरुको नाम खुल्न सकेको छैन । घटनाको विषयमा रिसोर्टसका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । नेपाल घुम्नका लागि आएका करिब १५ जना भारतीय पर्यटक दामनको सो रिसोर्टमा पुगेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको छ । चिसो मौसममा हिटर बालेर बसेका उनीहरु कोठामा अक्सिजन नपाएकै कारण मृत्युको मुखमा पुगेको प्रहरीको अनुमान छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध...
प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...
आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...
Top