१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार


१५ फेब्रुअरी, २०२०
काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा रोकिएका नेपालीहरु नेपाल फर्केका छन् । राष्ट्रिय ध्वजाबाहक विमानमार्फत् करिब एक घण्टा अघि उनीहरु काठमाडौं फर्केका हुन् । यसरी फर्कने नेपालीहरुमा १ सय ७५ जना नेपालीहरु रहेका छन् । कुल १ सय ८५ जना नेपालीले उद्दारका लागि चीनस्थित नेपाली दुतावासलाई आग्रह गरेको भएपनि ६ जनाको शरीरमा तापक्रम बढी देखिएपछि उनीहरु विमानस्थलमै रोकिएका छन् ।

उनीहरुलाई चिनियाँ टोलीले निगरानीमा राख्ने जनाइएको छ । यस्तै ४ जना भने आफूखुसी नै चीनमा बस्न राजी भएपनि १ सय ७५ जनाको टिम लिएर नेपाल बायुसेवा निगमको विमाग काठमाडौंका लागि उडेको हो । आज दिउँसो ४ बजे कठामाडौं विमानस्थलबाट उडेको सो विमान भोलि बिहान ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ । यसअघि दिउँसो ३ बजे विमान काठमाडौंबाट उड्ने तयारी भएपनि केही प्राविधिक कारणले १ घण्टा ढिला भएको थियो ।

चीनका विभिन्न शहरमा जम्मा भएका नेपालीहरुलाई दुतावासको पहलमा बसमा राखेर विमानस्थलमा ल्याइएको थियो । उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिने छ भने विमानका चालकसहित सहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिकामा रहेको खानेपानी तालिम केन्द्रमा राखिनेछ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी

२०७९ चैत्र ३ गते शुक्रबार

१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...

Mount Kailash  & Mystery Mount Kailash & Mystery

२०८० कार्तिक ६ गते सोमबार

– Mohit Borisagar / Known to be the abode...

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...

बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’ बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले...

Top