Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०
पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा रोकिएका र तत्काल युरोपलगायतका आपसासका मुलुकमा आउनुपर्ने बाध्यतामा रहेकाहरुलाई लक्षित गरी कतार एयरलाईन्सले यही मे को अन्तिम साता एउटा चार्डर उडान गर्दैछ । काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सो चार्टर उडान कतारको राजधानी दोहा हुँदै फ्रान्सको राजधानी पेरिससम्मको हुनेछ ।
काठमाडौंमा रहेको फ्रान्सेली दुतावास र प्रेसिडेन्ड ट्राभल्सले सहकार्य गरी आगामी मे ३१ तारिखका दिन साँझ काठमाडौंबाट कतार एयरले पेरिसका लागि चार्टर उडान भर्न लागेको हो । सो उडानमा नेपाल भ्रमणमा रहेर लकडाउनका कारण रोकिएका युरोपेली नागरिक, अमेरिका, बेलायतलगायतका देशका पर्यटक तथा तत्काल नेपालबाट युरोपलगायतका मुलुकमा आउनुपर्ने बाध्यता भएका नेपाली यात्रुहरुलाई प्राथमिकता दिइने बताइएको छ । तत्काल युरोप आउनुपर्ने नेपाली नागरिक तथा विदेशी पर्यटकहरुले दुतावास, कतार एयरलाइन्स तथा प्रेसिडेन्ट ट्राभल्ससँग विमानको टिकटका विषयमा छलफल गरिरहेकोले अहिलेसम्म विमानको ५० प्रतिशतभन्दा बढी टिकट बुकिङ् भै सकेको बताइएको छ ।

बाँकी रहेको करिब एक साताभित्र बाँकी सिटहरु पनि बुकिङ्ग हुने काठमाडौंस्थित कतार एयरलाईन्स स्रोतले जानकारी दिएको छ । युरोपलगायतका देशका अस्थायी अनुमति पत्र तथा पासपोर्ट लिएर नेपाल गएका नेपालीहरु, नेपालमा रहेका विदेशी पर्यटक, विभिन्न नियोगमा कार्यरत विदेशी नागरिक कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण नेपालमै रोकिएपछि उनीहरुको उद्दारका लागि उडान भर्न लागिएको हो । अहिले त्यस्ता व्यक्ति तथा समूहलाई लक्षित गरी हरेक साताजस्तो काठमाडौंबाट चार्टर उडान भै रहेका छन् ।
हिजोमात्रै काठमाडौंबाट कतार एयरले २ सय ७५ जना अमेरिकीसहित युरोपेलीमुलुकका नागरिक तथा तथा केही नेपालीलाई लिएर दोहाका लागि चार्टर उडान भरेको थियो । मे ३१ तारिखका दिन हुने उडानपनि यसैको निरन्तरता भएको बताइएको छ । नेपालमा आगामी जेठ ३१ गतेसम्मका लागि सरकारले विदेशी तथा स्वदेशी उडानमा प्रतिबन्ध लगाएसँगै अत्यावश्यक कामका लागि विदेश आउनुपर्ने बाध्यतामा रहेकाहरु समस्यामा परेपछि चार्टर उडान थालिएको प्रेसिडेन्ट ट्राभल्सको भनाई छ ।

र यो पनि पढ्नुहोला ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...
कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...
अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...
काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र...
Top