त्रिभुवन विमानस्थलबाट फ्रान्समा ‘चार्डर उडान’ भर्दै कतार एयर : तत्काल युरोपलगायतका देशमा आउनुपर्ने बाध्यता भएकालाई महत्वपूर्ण अबसर

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार


सांकेतिक तस्वीर ।

२५ मे, २०२०
पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा रोकिएका र तत्काल युरोपलगायतका आपसासका मुलुकमा आउनुपर्ने बाध्यतामा रहेकाहरुलाई लक्षित गरी कतार एयरलाईन्सले यही मे को अन्तिम साता एउटा चार्डर उडान गर्दैछ । काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सो चार्टर उडान कतारको राजधानी दोहा हुँदै फ्रान्सको राजधानी पेरिससम्मको हुनेछ ।

काठमाडौंमा रहेको फ्रान्सेली दुतावास र प्रेसिडेन्ड ट्राभल्सले सहकार्य गरी आगामी मे ३१ तारिखका दिन साँझ काठमाडौंबाट कतार एयरले पेरिसका लागि चार्टर उडान भर्न लागेको हो । सो उडानमा नेपाल भ्रमणमा रहेर लकडाउनका कारण रोकिएका युरोपेली नागरिक, अमेरिका, बेलायतलगायतका देशका पर्यटक तथा तत्काल नेपालबाट युरोपलगायतका मुलुकमा आउनुपर्ने बाध्यता भएका नेपाली यात्रुहरुलाई प्राथमिकता दिइने बताइएको छ । तत्काल युरोप आउनुपर्ने नेपाली नागरिक तथा विदेशी पर्यटकहरुले दुतावास, कतार एयरलाइन्स तथा प्रेसिडेन्ट ट्राभल्ससँग विमानको टिकटका विषयमा छलफल गरिरहेकोले अहिलेसम्म विमानको ५० प्रतिशतभन्दा बढी टिकट बुकिङ् भै सकेको बताइएको छ ।

नेपालस्थित फ्रान्सेली दुतावासले जारी गरेको चार्टर उडानसम्बन्धी सूचना ।

बाँकी रहेको करिब एक साताभित्र बाँकी सिटहरु पनि बुकिङ्ग हुने काठमाडौंस्थित कतार एयरलाईन्स स्रोतले जानकारी दिएको छ । युरोपलगायतका देशका अस्थायी अनुमति पत्र तथा पासपोर्ट लिएर नेपाल गएका नेपालीहरु, नेपालमा रहेका विदेशी पर्यटक, विभिन्न नियोगमा कार्यरत विदेशी नागरिक कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण नेपालमै रोकिएपछि उनीहरुको उद्दारका लागि उडान भर्न लागिएको हो । अहिले त्यस्ता व्यक्ति तथा समूहलाई लक्षित गरी हरेक साताजस्तो काठमाडौंबाट चार्टर उडान भै रहेका छन् ।

हिजोमात्रै काठमाडौंबाट कतार एयरले २ सय ७५ जना अमेरिकीसहित युरोपेलीमुलुकका नागरिक तथा तथा केही नेपालीलाई लिएर दोहाका लागि चार्टर उडान भरेको थियो । मे ३१ तारिखका दिन हुने उडानपनि यसैको निरन्तरता भएको बताइएको छ । नेपालमा आगामी जेठ ३१ गतेसम्मका लागि सरकारले विदेशी तथा स्वदेशी उडानमा प्रतिबन्ध लगाएसँगै अत्यावश्यक कामका लागि विदेश आउनुपर्ने बाध्यतामा रहेकाहरु समस्यामा परेपछि चार्टर उडान थालिएको प्रेसिडेन्ट ट्राभल्सको भनाई छ ।

र यो पनि पढ्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’ हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...

सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...

भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१ भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१

२०७७ बैशाख ११ गते बिहिबार

२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई...

Top