Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१
नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने नाइजेरियाको उत्तरपश्चिममा अवस्थित जम्फरा राज्यको एक विद्यालयमा हतियारधारीहरुले आक्रमण गरेका छन् । सरकारी पोशाक लगाएर आएका सयौंका संख्यामा रहेका हतियारधारीहरुले आज बिहान स्थानीय समय अनुसार आज बिहानको समयमा विद्यालय सञ्चालन भै रहेका बेला घेरा हालेर आक्रमण गरेका थिए ।

अत्याधुनिक बन्दुक तथा अन्य हतियारसहित विद्यालय पुगेका हतियारधारीहरुले विद्यालयलाई पूर्णरुपमा नियन्त्रणमा लिनुका साथै त्यहाँ रहेका विभिन्न कक्षामा अध्ययनरत ३ सय भन्दा बढी छात्राहरुलाई ‘अपहरण’ गरेको विविसीले उल्लेख गरेको छ । हतियारधारी समूहले विद्यालयमा आक्रमण गरेलगत्तै छात्राहरुलाई गाडीमा हालेर लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यद्यपि यो घटनाको बारेमा विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
विशेष गरी विद्यार्थीहरुलाई अपहरण गरी उनीहरुको परिवारसँग मोटो रकम फिरौती माग्ने काममा हतियारधारी समूह संलग्न हुँदै आएका छन् । यसअघि छिमेकी राज्य नाइजरको एक विद्यालयमा पनि केही छात्राहरुको अपहरण गरेको थियो । अपहरणमा परेका केही छात्रालाई छाडेपनि अहिले पनि दर्जनौ छात्रा अपहरणकारीहरुकै पञ्जामा रहेको बताइएको छ ।
नाइजेरियामा विगत लामो समयदेखि अपहरणकारीहरुले विभिन्न खालको अपहरणको घटना घटाउँदै आएका छन्।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम
२०७९ फाल्गुन १४ गते आइतबार
२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...
के नेपालमा उल्का पिण्ड खसेकै हो त ?
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...
उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको...
Top