विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते

Best Khabar Team | २०७६ असार २५ गते बुधबार


१० जुलाई, २०१९
काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द समूहको नेकपाका कार्यकर्ता र प्रहरीबीच भएको भिडन्तमा दुई जनाको ज्यान गएको छ । प्रहरीले दिएको जानकारी अनुसार सादा पोसाकमा रहेका प्रहरीमाथि चन्द समूहका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाएको थियो । घटनामा परी नेकपा चन्द समूहका एक र प्रहरीतर्फ पनि एकजनाको ज्यान गएको छ । पछिल्ला केही महिनायता प्रहरीले चन्द समूहले पूर्वी नेपालका विभिन्न जिल्लालाई केन्द्रीत गरी गतिविधि चलाइरहेको सूचना पाएपछि गस्ती बढाएको थियो । यही क्रममा आज भोजपुरको सदरमुकाम हटिया नजिकै भिडन्त भएको र घटनामा दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा प्रहरी जवान सञ्जीव राई र चन्द समूहका कार्यकर्ता निरकुमार राई रहेका छन् । घटनामा परी अर्का प्रहरी जवान सोम भट्टराई घाईते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भै रहेको छ । आज बिहान चन्द समूहका कार्यकर्ता होटलमा मदिरा पिएर बसेको सूचना पाएपछि प्रहरी सादा पोशाकमा त्यहाँ पुगेको थियो ।

भोजपुर जिल्ला सदरमुकाम र इन्सेटमा भिडन्तमा मारिएका प्रहरी जवाफ राई ।

त्यस क्रममा प्रहरी र चन्द समूहका कार्यकर्ताबीच विवाद भएपछि पहिला चन्द समूहले गोली चलाएको चन्द समूहले बताएको छ । त्यसको जवाफी कारबाहीमा प्रहरीले पनि फायर खोलेको थियो । मृतक प्रहरी जवान विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेको बताइएको छ ।

यस्तै मृतक चन्द समूहका राई सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि भूमिगत रुपमा गतिविधि गर्दै आइरहेको छ । घटनाको विषयमा जानकारी दिन प्रहरीले केन्द्रीय अनुसन्धान टोली घटनास्थल पठाएको छ । चन्द समूहको गोली लागेर प्रहरी मारिएको यो पहिलो घटना हो । सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएपछि काठमाडौंलगायतका स्थानमा भएको विस्फोट तथा गोली काण्डमा गरी झण्डै एक दजर्ननले ज्यान गुमाईसकेका छन् । यस्तै काभ्रेमा केही हप्ताअघि चन्द समूहका केन्द्रीय नेताको पनि प्रहरी कारबाहीमा मृत्यु भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स

२०७६ माघ १९ गते आइतबार

०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला...

New Height of Mount Everest 8848.68 metres New Height of Mount Everest 8848.68 metres

२०७७ मंशिर २३ गते मंगलबार

08, December, 2020 THE HIGHEST POINT on Earth has a...

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...

भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट) भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)

२०८० कार्तिक १८ गते शनिबार

०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...

Top