९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै

Best Khabar Team | २०७७ मंशिर १५ गते सोमबार


३० नोभेम्बर, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै विगत ९ महिनादेखि बन्द रहेको काठमाडौंको गौशालामा रहेको भगवान शिवको मन्दिर अर्थात् पशुपनिताथ मन्दिर अर्को महिनादेखि सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा सावधानी अपनाएर आगामी पुस १ गतेदेखि पशुपतिनाथको मन्दिर आम नागकिरको लागि खुल्ला गर्न लागेको हो ।

कोषले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार कोरोना संक्रमण फैलन नदिने आवश्यक सबै सुरक्षा मापदण्ड पुरा गरी मन्दिर खुल्ला गर्न लागेको हो । सरकारले गएको चैत्र महिनाको पहिलो साता देशव्यापी रुपमा लकडाउन घोषणा गरेलगत्तै पशुपतिनाथको मन्दिर आम नागरिकको लागि बन्द गरिएको थियो । मन्दिर आम नागरिकको लागि बन्द रहेपनि मन्दिरका पुरोहितहरुले नियमित पुजा आराधना तथा आरती भने दिनहुँ गर्दै आइरहेको कोषले जनाएको छ । नयाँ मापदण्ड अनुसार पशुपतिनाथको मन्दिरमा दर्शनका लागि जाने भक्तजनहरुलाई प्रवेश गर्ने ढोका र दर्शन गरेर निस्कने ढोका अलग–अलग गर्न लागिएको छ ।

यस्तै मन्दिर प्रवेश गर्ने भक्तजनहरुले आवश्यक भौतिक दुरी कायम गर्नुका साथै मन्दिर भित्र प्रवेश गर्दा माक्स अनिवार्य गरिएको छ । यस्तै मन्दिर प्रवेश गर्ने ढोकामा स्यानिटाइजर पनि राखिने कोषले जनाएको छ । विगत लामोसमयदेखि पशुपनिताथको मन्दिर बन्द हुँदा विशेष गरी शिवभक्तहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै मन्दिरमा दर्शनार्थीहरुलाई प्रवेश नगराईँदा यसपटक साउने सोमबारलगायतका अन्य विभिन्न महत्वपूर्ण तिथि र बारमा समेत भक्तजनहरुले पशुपतिनाथ प्रवेश गर्न पाएका थिएनन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु २४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै

२०७९ फाल्गुन ९ गते मंगलबार

२१ फेब्रुअरी, २०२३नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही...

यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन् यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित...

जुम्ला र स्याङ्जाका ४ जनासहित  थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो जुम्ला र स्याङ्जाका ४ जनासहित थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २...

Top