Best Khabar Team | २०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै विगत ९ महिनादेखि बन्द रहेको काठमाडौंको गौशालामा रहेको भगवान शिवको मन्दिर अर्थात् पशुपनिताथ मन्दिर अर्को महिनादेखि सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा सावधानी अपनाएर आगामी पुस १ गतेदेखि पशुपतिनाथको मन्दिर आम नागकिरको लागि खुल्ला गर्न लागेको हो ।

कोषले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार कोरोना संक्रमण फैलन नदिने आवश्यक सबै सुरक्षा मापदण्ड पुरा गरी मन्दिर खुल्ला गर्न लागेको हो । सरकारले गएको चैत्र महिनाको पहिलो साता देशव्यापी रुपमा लकडाउन घोषणा गरेलगत्तै पशुपतिनाथको मन्दिर आम नागरिकको लागि बन्द गरिएको थियो । मन्दिर आम नागरिकको लागि बन्द रहेपनि मन्दिरका पुरोहितहरुले नियमित पुजा आराधना तथा आरती भने दिनहुँ गर्दै आइरहेको कोषले जनाएको छ । नयाँ मापदण्ड अनुसार पशुपतिनाथको मन्दिरमा दर्शनका लागि जाने भक्तजनहरुलाई प्रवेश गर्ने ढोका र दर्शन गरेर निस्कने ढोका अलग–अलग गर्न लागिएको छ ।
यस्तै मन्दिर प्रवेश गर्ने भक्तजनहरुले आवश्यक भौतिक दुरी कायम गर्नुका साथै मन्दिर भित्र प्रवेश गर्दा माक्स अनिवार्य गरिएको छ । यस्तै मन्दिर प्रवेश गर्ने ढोकामा स्यानिटाइजर पनि राखिने कोषले जनाएको छ । विगत लामोसमयदेखि पशुपनिताथको मन्दिर बन्द हुँदा विशेष गरी शिवभक्तहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै मन्दिरमा दर्शनार्थीहरुलाई प्रवेश नगराईँदा यसपटक साउने सोमबारलगायतका अन्य विभिन्न महत्वपूर्ण तिथि र बारमा समेत भक्तजनहरुले पशुपतिनाथ प्रवेश गर्न पाएका थिएनन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो
२०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...
अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक
२०७७ चैत्र ४ गते बुधबार
१७ मार्च, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार...
निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...
Top