काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ

Best Khabar Team | २०७६ पुष ६ गते आइतबार


२३ डिसेम्बर, २०१९
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको राजनीतिक समूहले काठमाडौंमा भूमिगत ढंगले सञ्चालन गरेको कार्यालयमा प्रहरीले छापा मारेको छ । प्रहरी स्रोतका अनुसार विगत केही महिना यता चन्द समूहले काठमाडौंको हात्तिगौंडामा गोप्य ढंगले सञ्चालन गरिरहेको सो कार्यालयमा प्रहरीले आइतबार छापा मारेको हो ।

छापा मार्ने क्रममा प्रहरीले समूहका ६ जना कार्यकर्तालाई हतियारसहित पक्रेको छ । विशेष सुराकीका आधारमा प्रहरीले बुढानिकलकण्ठ जाने बाटोमा पर्ने हात्तिगौंडास्थित एक घरमा सञ्चालन गरिएको कार्यालयमा छापा मारेको हो । त्यस क्रममा प्रहरीले पेस्तोल, बम बनाउन प्रयोग हुने तार, पेस्तोलमा लाग्ने म्याग्जिन, डेटोनेटरलगायत विस्फोटमा प्रयोग गरिने सामग्रीसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरु चन्द निकटको नेकपा युवा संगठनका मध्यकमाण्डर इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र उदयपुरका सदस्य दुर्खाबहादुर तामाङरहेको प्रहरीले जनाएको छ । गत चैत्रमा काठमाडौंको बसुन्धरामा बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षको घरमा सिलिण्डर बम विस्फोटमा पक्राउ परेका लामा समेत संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइने प्रहरीको भनाइ छ । सरकारले चन्द समूहलाई प्रतिबन्धलगायसँगै देशैभरी उसका गतिविधिसमेत नियन्त्रण गर्दै आइरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...

भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित) भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...

महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...

Top