काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ

Best Khabar Team | २०७६ पुष ६ गते आइतबार


२३ डिसेम्बर, २०१९
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको राजनीतिक समूहले काठमाडौंमा भूमिगत ढंगले सञ्चालन गरेको कार्यालयमा प्रहरीले छापा मारेको छ । प्रहरी स्रोतका अनुसार विगत केही महिना यता चन्द समूहले काठमाडौंको हात्तिगौंडामा गोप्य ढंगले सञ्चालन गरिरहेको सो कार्यालयमा प्रहरीले आइतबार छापा मारेको हो ।

छापा मार्ने क्रममा प्रहरीले समूहका ६ जना कार्यकर्तालाई हतियारसहित पक्रेको छ । विशेष सुराकीका आधारमा प्रहरीले बुढानिकलकण्ठ जाने बाटोमा पर्ने हात्तिगौंडास्थित एक घरमा सञ्चालन गरिएको कार्यालयमा छापा मारेको हो । त्यस क्रममा प्रहरीले पेस्तोल, बम बनाउन प्रयोग हुने तार, पेस्तोलमा लाग्ने म्याग्जिन, डेटोनेटरलगायत विस्फोटमा प्रयोग गरिने सामग्रीसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरु चन्द निकटको नेकपा युवा संगठनका मध्यकमाण्डर इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र उदयपुरका सदस्य दुर्खाबहादुर तामाङरहेको प्रहरीले जनाएको छ । गत चैत्रमा काठमाडौंको बसुन्धरामा बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षको घरमा सिलिण्डर बम विस्फोटमा पक्राउ परेका लामा समेत संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइने प्रहरीको भनाइ छ । सरकारले चन्द समूहलाई प्रतिबन्धलगायसँगै देशैभरी उसका गतिविधिसमेत नियन्त्रण गर्दै आइरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै

२०७७ चैत्र ११ गते बुधबार

२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको...

मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका...

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...

बाग्लुङ्गकी ६५ वर्षकी कोरोना संक्रमित महिलाको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ बाग्लुङ्गकी ६५ वर्षकी कोरोना संक्रमित महिलाको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० बलेवा । कोरोना संक्रमित भै जिल्ला...

Top