Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०
काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स कम्पनी तथा एयरलाईन्सको मिलेमतोमा यात्रुहरुलाई ४ गुणासम्म बढी भाडा तिर्न बाध्य बनाइएपछि सरकारले तत्काल चार्टर उडानमा रोक लगाएको छ । नेपाल भित्रबाट वा बाहिर नेपालका लागि हुने सबै व्यक्तिगत चार्डर उडानमा रोक लगाउने निर्णय आज साँझ भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज एक सूचना जारी गरी अहिलेको कठिन परिस्थितिमा मावनीय धर्म पुरा गर्नुभन्दा कमाउने उद्देश्यले चार्डर उडान भैरहेको तर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणको यो निर्णय र आदेशसँगै कुनैपनि देशको सरकार वा नेपाल सरकारको संयुक्त समन्वयमा हुने चार्टर उडान बाहेकका सबै व्यक्तिगत चार्टर उडान आजैका मितिदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

प्राधिकरणले चार्टर उडानका नाममा अत्यन्तै महंगोमा यात्रुहरुलाई टिकट विक्री वितरण गरिरहेको जानकारी प्राप्त भएको भन्दै तत्काल टिकट विक्री कार्य रोक्न पनि निर्देशन दिएको छ । कोरोना भाइरस र त्यसपछि उत्पन्न परिस्थितिका कारण अन्र्तराष्ट्रिय उडान नभएको मौका छोपेर केही व्यक्ति, समूह तथा विभिन्न एयरलाईन्स कम्पनी मिलेर अहिलेसम्म एक सय भन्दा बढी चार्टर उडान गरिसकेपछि प्राधिकरणको यो निर्देशन आएको हो ।
गत चैत्र देखि सरकारले मुलकुभर लकडाउन गर्दै हवाई उडानमा समेत प्रतिबन्ध लगाएपछि काठमाडौंमा रहेका केही ट्राभल्स एजेन्सी र एयरलाईन्स कम्पनीको मिलेमतोमा अकुत रकम कमाउने उद्देश्यले चार्टर उडान भै रहेको छ । यसरी उडान हुँदा नियमित भाडा भन्दा ४ गुणासम्म महंगो तिर्न यात्रुहरुलाई बाध्य पारिएपछि यसको चौतर्फी विरोध हुँदै आएको थियो । तर सरकारको यो निर्देशनसँगै आजबाटै कुनैपनि व्यक्तिगत चार्टर उडानले नेपाल बाहिरबाट वा नेपालबाट बाहिरी मुलुकका लागि उडान भर्न पाउने छैनन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित)
२०७७ फाल्गुन १३ गते बिहिबार
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष...
प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने
२०७७ माघ ३ गते शनिबार
१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । बलिउड अभिनेत्री नेपाली चेली मनीषा...
Top