भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१

Best Khabar Team | २०७७ बैशाख ११ गते बिहिबार


२४ अप्रिल, २०२०
नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालको छिमेकी मुलुक भारत दिन प्रतिदिन प्रभावित बन्दै गैरहेको छ । भारतमा हालसम्म कोरोनाका कारण ६ सय ८१ जनाको ज्यान गै सकेको छ । यहीबीचमा २१ हजार भन्दा बढी मानिसहरु कोरोनाको संक्रमणमा परेको भारतीय सञ्चारमाध्यमहरुको भनाई छ ।

यो समाचार तयार पर्दासम्म भारतमा कोरोना संक्रममितको संख्या २१ हजार ३ सय ७० पुगेको छ । भारतमा विशेष गरी नेपालसँग सिमाना जोडिएका जिल्लाहरुमा कोरोना भाइरसले प्रकोपको रुप लिएको छ । नेपालको तराईका जिल्लाहरुसँग सिमाना जोडिएका सिमावर्ती जिल्लाहरुमा कोरोनाले महामारीको रुप लिएपछि यसको जोखिम नेपालतर्फ पनि उत्तिकै रहेको छ ।

किनकी नेपाल भारत खुला सिमाका कारण जो जतिबेला पनि दुई देशमा सजिलै सँगै आउजाउ गर्न सक्दछ । त्यसको लागि नाका मै गै राख्नुपदैछ । भारतमा हालसम्म प्रभावित राज्यहरु र प्रभावितको तथ्यांक यसप्रकार रहेको छ ।

महाराष्ट्र
संक्रमितको संख्या : ४ हजार २ सय ।
मृतक : २ सय २३ जना

पश्चिम बंगाल
संक्रमित : ३ सय ३९ जना
मृतक : १२ जना

उत्तराखण्ड
संक्रमित ४६ जना ।

उत्तर प्रदेश
संक्रमित : १ हजार १ सय ७६
मृतक : १७ जना ।

बिहार
संक्रमित : ९६ जना
मृतक : २ जना ।

महाराष्ट्रको मुम्बई कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । महाराष्ट्र, बिहार, उत्तरप्रदेश, दिल्ली, गुजरात, मध्य प्रदेश, राजस्थान, तमिलनाडुलगायतका राज्यमा पनि कोरोनाको प्रकोप बढ्दै गएको छ । भारतले अहिले सिंगो देशलाई लकडाउन गरेर कोरोना नियन्त्रणको प्रयास थालेको छ ।

भारतमा यतिबेला विमान तथा यातयात सेवा, सिमा नाका, विद्यालय, क्याम्पसलगायत मानिसहरुको बढी भिडभाड हुने क्षेत्रहरु पूर्णरुपमा बन्द गरिएको छ । आवश्यक परे आगामी मे देखि पुनः लकडाउन बढाउने तयारी भारतीय सरकारले गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

एकै टोलका  १५ जनामा कोरोना संक्रमण एकै टोलका १५ जनामा कोरोना संक्रमण

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...

राष्ट्रसंघीय मानवअधिकार परिषद्को  उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै

२०७६ फाल्गुन १० गते शनिबार

२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...

Top