Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०,

२४ मे, २०२० काठमाडौं । विदेशी नागरिकता वा अस्थायी बासस्थान अनुमति लिएका तर नेपालमै रहेका बेला भएको लकडाउनमा रोकिएका केही नेपालीसहित अधिकांश विदेशी पर्यटकलाई लिएर कतार एयरले काठमाडौंबाट दोहाको लागि चार्डर उडान भरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विगत लामो समयदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा रोकिएका एकदर्जन बढी नेपालीसहित ३ सय ३ जना (९ जना बालबालिकासहित) यात्रु लिएर कतार एयरको चार्टर उडान केहीबेरअघि काठमाडौंको त्रिभुवन विमानस्थलबाट कतारको राजधानी दोहा उडेको हो ।

यो विमानले दोहासम्म उडान भर्ने र त्यसपछि आवश्यकता अनुसार यात्रुहरुको गन्तव्यमा जाने देशमा उडान भर्ने विभिन्न विमानले उनीहरुलाई सम्बन्धित देशमा पु-याउने छ । काठमाडौंबाट केहीबेरअघि भएको चार्डर उडानमा सबैभन्दा धेरै २ सय ८५ जना अमेरिकी नागरिक रहेका छन् । विमान चार्टरको संयोजन गरेको काठमाडौंको प्रेसिडेन्ट ट्राभल्सले जानकारी दिएको छ । विदेशी नागरिकता लिएका तथा युरोपलगायतका देशको अस्थायी बासस्थान अनुमति लिएका एक दर्जन नेपाली, न्यूजिल्याण्ड, क्यानेडा र केही युरोपेली मुलुकका नागरिकहरु सो विमानमा रहेको बताइएको छ ।
चार्टर विमान भएकाले यात्रुहरुले सो विमानमा यात्रा गर्दा सामान्य अवस्थामा भन्दा केही महंगो शुल्क तिरेको बताइएको छ । विमानमा नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारी तथा विभिन्न नियोग तथा आइएनजिओमा कार्यरत विदेशी कर्मचारी र नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुसमेत रहेका छन् ।
लकडाउनका कारण देशका विभिन्न क्षेत्रमा रोकिएकाहरुलाई उद्दार गरी काठमाडौंमा एकत्रित गरेपछि ट्राभल्सले कतार एयरलाईन्स र सम्बन्धित देशका दुतावाससँग संयोजन गरेर चार्टर उडान गराएको बताइएको छ । हाल नेपालले कोरोनाको संक्रमण फैलन नदिन आगामी जेठ ३१ गतेसम्मका लागि सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । जसका कारण विगत २ महिनादेखि चार्डर र अत्यावश्यक बाहेकका यात्रुबाहक उडान ठप्प छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया
२०७७ श्रावण १३ गते मंगलबार
२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको...
उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण...
इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
Top