नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान

Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार


२५ मे, २०२०,

फाइल तस्वीर : कतार एयर ।

२४ मे, २०२० काठमाडौं । विदेशी नागरिकता वा अस्थायी बासस्थान अनुमति लिएका तर नेपालमै रहेका बेला भएको लकडाउनमा रोकिएका केही नेपालीसहित अधिकांश विदेशी पर्यटकलाई लिएर कतार एयरले काठमाडौंबाट दोहाको लागि चार्डर उडान भरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विगत लामो समयदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा रोकिएका एकदर्जन बढी नेपालीसहित ३ सय ३ जना (९ जना बालबालिकासहित) यात्रु लिएर कतार एयरको चार्टर उडान केहीबेरअघि काठमाडौंको त्रिभुवन विमानस्थलबाट कतारको राजधानी दोहा उडेको हो ।

काठमाडौंबाट दोहाका लागि उडान भर्दै गरेको कतार एयरको विमान । तस्वीर साभार : फ्लाईटरार्डरटेन्टीफोर डटकम ।

यो विमानले दोहासम्म उडान भर्ने र त्यसपछि आवश्यकता अनुसार यात्रुहरुको गन्तव्यमा जाने देशमा उडान भर्ने विभिन्न विमानले उनीहरुलाई सम्बन्धित देशमा पु-याउने छ । काठमाडौंबाट केहीबेरअघि भएको चार्डर उडानमा सबैभन्दा धेरै २ सय ८५ जना अमेरिकी नागरिक रहेका छन् । विमान चार्टरको संयोजन गरेको काठमाडौंको प्रेसिडेन्ट ट्राभल्सले जानकारी दिएको छ । विदेशी नागरिकता लिएका तथा युरोपलगायतका देशको अस्थायी बासस्थान अनुमति लिएका एक दर्जन नेपाली, न्यूजिल्याण्ड, क्यानेडा र केही युरोपेली मुलुकका नागरिकहरु सो विमानमा रहेको बताइएको छ ।

चार्टर विमान भएकाले यात्रुहरुले सो विमानमा यात्रा गर्दा सामान्य अवस्थामा भन्दा केही महंगो शुल्क तिरेको बताइएको छ । विमानमा नेपालस्थित  अमेरिकी दूतावासमा कार्यरत कर्मचारी तथा विभिन्न नियोग तथा आइएनजिओमा कार्यरत विदेशी कर्मचारी र नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुसमेत रहेका छन् । 

लकडाउनका कारण देशका विभिन्न क्षेत्रमा रोकिएकाहरुलाई उद्दार गरी काठमाडौंमा एकत्रित गरेपछि  ट्राभल्सले कतार एयरलाईन्स र सम्बन्धित देशका दुतावाससँग संयोजन गरेर चार्टर उडान गराएको बताइएको छ । हाल नेपालले कोरोनाको संक्रमण फैलन नदिन आगामी जेठ ३१ गतेसम्मका लागि सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । जसका कारण विगत २ महिनादेखि चार्डर र अत्यावश्यक बाहेकका यात्रुबाहक उडान ठप्प छ ।  



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’ भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...

अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...

सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त

२०७७ श्रावण ८ गते बिहिबार

२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव...

फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित) फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...

Top