आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान

Best Khabar Team | २०७७ असार ३ गते बुधबार


१७ जुन, २०२०
नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र लद्दाकमा सोमबार राती चिनियाँ सिमा सुरक्षाबलसँग भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएपछि भारत सरकारले आकस्मिक रुपमा सर्वदलीय बैठक आह्वान गरेको छ । जुन १९ तारिखका लागि बोलाइएको सर्वदलीय बैठकमा चीन र भारतको सीमावर्ती क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई कसरी ह्याण्डिल गर्ने भन्ने विषयमा कुराकानी गर्ने बताइएको छ ।

बैठक भर्चुअल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सबै दलहरुसँग छलफल गरेर नयाँ रणनीतिमा कसरी अघिबढ्ने भन्ने निर्णय सो बैठकले गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । अहिले सीमा क्षेत्रमा देखिएको विवाद र त्यसले लिएको हिंश्रकरुपपछि भारत र चीनबीच तनावको स्थित पैदा भएको छ । घटनालाई लिएर आजमात्रै भारतीय विदेशमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्तासमेत भएको छ ।

वार्ताका क्रममा आउँदा दिनमा संयमितरुपमा वार्ता र छलफलबाटै समस्याको समाधान खोज्ने सहमति बनेको यहाँका सञ्चारमाध्यमहरुको भनाई छ । पछिल्लो केही साता यता फैलिएको कोरोनाको कहरकैबीच भारत चीनबीच सीमा सुरक्षामा खटिएका चिनियाँ सेनाको आक्रमणमा परी सोमबार राती भारतको लद्दाखमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो ।

सो घटनामा परी १५ जनाभन्दा बढी सैनिकहरु हराईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर सो घटनामा परी चिनियाँ पक्षतर्फ कतिको हताहति वा क्षति भयो भन्ने विषयमा चीनले केही बताएको छैन । विगत लामो समयदेखि चीन र भारतबीच लद्दाख क्षेत्रको सीमावर्ती नियन्त्रण रेखाको विषयलाई लिएर विवाद चर्चिएको छ । यो समस्या समाधानका लागि दुबै पक्षले वार्ता र छलफल जारी राखेको भएपनि एक्कासी सोमबार राती विसौं सैनिकको ज्यान जाने गरी सो घटना घटेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु ! वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...

२४ घण्टामा थपिए २१३ जना संक्रमित २४ घण्टामा थपिए २१३ जना संक्रमित

२०७७ जेठ २५ गते आइतबार

०७ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप...

कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु ‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट...

Top