Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०
धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ्का अनुसार उपचारका क्रममा जिल्ला अस्पताल धादिङ्गमा थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । यसअघि दुर्घटनास्थलमै ६ जनाको ज्यान गएको थियो ।
सो दुर्घटनामा परी निलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र नजबहादुर गुरुङको ज्यान गएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा सेते गुरुङ्गको ज्यान गएको हो । दुर्घटनापछि भुलभुले टोल शोकमा डुबेको छ । मृतक सबै मण्डलीमा भागल बुझाउन मिनिट्रक रिजर्भ गरेर मन्दिर गएका थिए । स्थानीय मण्डलीको मन्दिरमा लागेको मेलामा सहभागी भएर फर्कने क्रममा सो मिनिट्रक दुर्घटनामा परेको थियो ।

स्थानीय वासिन्दाका अनुसार मन्दिरको दर्शनका लागि बाख्राको पाठीसहित मन्दिर पुगेकाहरु भाकल चढाएर फर्कने क्रममा सो दुर्घटना भएको हो । चालकले मदिरा सेवन गरेको तथा तीव्र गतिका कारण सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २५ जना सवार सो ट्रक दुर्घटनामा घाइते भएका १५ जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाईको छ । घाइतेलाई लिन साँझ नेपाली सेनाको हेलिकोप्टर धादिङ्गबेसी पुगेको थियो । यसै घटनासँग सम्बन्धित अर्को समाचार तलको लिंकमा छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने
२०७७ फाल्गुन ३ गते सोमबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन...
नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो
२०७६ चैत्र २५ गते मंगलबार
०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...
श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते...
सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला...
Top