Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९
ललितपुर । २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण स्थानीय उपभोक्ता समितिमार्फत गराईने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलेले दिएको जानकारी अनुसार यसअघि विदेशी संघसंस्थाको सहयोगमा सो मन्दिर पुननिर्माण गर्नेविषयमा छलफल चलेपनि अन्त्यमा स्थानीय उपभोक्तासमितिलाई नै सो मन्दिर पुर्ननिर्माण गर्ने जिम्मा दिने निर्णय भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हिजो सिहंदरबारस्थित प्राधिकरणको कार्यालयमा बैठक बसेर यो निर्णय गरेको हो । सो मन्दिर पुर्ननिर्माणका लागि यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिने निर्णय भएको जानकारी दिनुभयो । रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने भएको छ ।
हिजोको बैठकमा बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय संसदका सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खडका, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्ष लगायत सहभागी हुनुहुन्थ्यो ।
सांसद पम्फा भुसालले उपभोक्तामार्फत पुनर्निर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण पूरा हुने आशा बढेको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गरिनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । त्यसैगरी, बैठकमा बुंगमतीको सार्वजनिक पूर्वाधार एवं सम्पदाहरुको पुनर्निर्माण गर्नका लागि तयार गरिएको अन्य गुरुयोजनाबारे छलफल भएको छ ।
श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माणाधीन यो मन्दिरको पुनर्निर्माणका लागि तोकिएको समयसीमा सकिएर थप भएको अवधिमा समेत ३५ प्रतिशतको हाराहारीमा मात्रै काम भएपछि सरकारले ठेक्का प्रक्रियाबाट श्रीलंकन कम्पनी हटाएको थियो ।
विसं २०७२ माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मतीबाट मन्दिर पुनर्निर्माणको शुरुआत गरे तापनि अहिलेसम्म मन्दिर पुर्ननिर्माण हुन सकेको छैन । शिखरशैलीको यो मन्दिर निर्माणमा ३६ फिट लामो काठको खाँचो पर्छ । मन्दिरको पुनर्निर्माण शुरु हुनासाथ ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावलगायतका कारण देखाएर ढिलाइ गरेको हो ।
उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रालाई मानिन्छ । भूकम्पपछिको क्षतिका कारण हाल मन्दिर अभावका कारण मच्छिन्द्रनाथलाई अर्को स्थानमा सारिएको छ । सो मन्दिरको पुनर्निर्माणमा ढिलाइ हुँदा बुङ्मतीका जनतालाई विभिन्न चाडपर्वमा असर परेको स्थानीयबासिन्दाको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते
२०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ...
नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...
जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...
पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार...
Top