अन्नपूर्ण आधार शिविरमा फसेका ५ सिंगापुरे पर्यटकको सकुशल उद्दार, २ नेपालीसहित ४ विदेशी अझै सम्पर्क बिहिन (अपडेट)

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


१७ जनवरी, २०२०
पोखरा । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा गएका बेला एक्कासी आएको हिम पहिरोमा परेर हराईरहेका मध्ये ५ जना सिँगापुरे पर्यटकको सकुशल उद्दार गरिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)की महासचिव सरिता लामाका अनुसार पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा परेको हिमपात र हिमपहिरोमा फसेका पर्यटकमध्ये १ नेपालीसहित ५ सिँगापुरे नागरिकलाई स्थानीय देउरालीबाट उद्दार गरी माथिल्लो दोभान पु-याइएको छ ।

पोखराबाट गएको विशेषज्ञ प्राविधिक, प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित टोलीले राति ८ बजेको समयमा उनीहरुलाई सकुशल उद्दार गरेको बताइएको छ । यद्यपि ३ कोरियाली १ चिनियाँ र २ नेपाली पर्यटकको अवस्था भने अहिलेसम्म अज्ञात छ । व्यापक हिमपातका कारण सो क्षेत्रमा टेलिफोनसेवा समेत अवरुद्ध भएपछि उनीहरुको लोकेसन पत्ता लगाउन कठिनाई भएको बताइएको छ ।

घटनास्थलमा पुगेको टोलीले राति अबेरसम्म उनीहरुको खोजी गरेपनि अवस्था पत्ता लाग्न सकेको छैन । खराव मौसमका कारण आज उनीहरुको खोजी कार्य रोकिएको भन्दै भोलि बिहानैदेखि उनीहरुको खोजी थालिने बताएको छ ।

अन्नपूर्ण आधारशिविरको पदयात्रामा निस्केका ३ कोरियाली १ चिनियाँ र २ नेपाली सम्मिलित ६ जनाको टोली आज बिहानदेखि सम्पर्क विहिन बनेपछि उद्दारका लागि पोखराबाट टोली घटनास्थल पुगेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’ कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’

२०७७ जेठ १० गते शनिबार

सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...

विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित) विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित)

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाललगायत विश्वका...

भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको...

Top