अन्नपूर्ण आधार शिविरमा फसेका ५ सिंगापुरे पर्यटकको सकुशल उद्दार, २ नेपालीसहित ४ विदेशी अझै सम्पर्क बिहिन (अपडेट)

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


१७ जनवरी, २०२०
पोखरा । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा गएका बेला एक्कासी आएको हिम पहिरोमा परेर हराईरहेका मध्ये ५ जना सिँगापुरे पर्यटकको सकुशल उद्दार गरिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)की महासचिव सरिता लामाका अनुसार पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा परेको हिमपात र हिमपहिरोमा फसेका पर्यटकमध्ये १ नेपालीसहित ५ सिँगापुरे नागरिकलाई स्थानीय देउरालीबाट उद्दार गरी माथिल्लो दोभान पु-याइएको छ ।

पोखराबाट गएको विशेषज्ञ प्राविधिक, प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित टोलीले राति ८ बजेको समयमा उनीहरुलाई सकुशल उद्दार गरेको बताइएको छ । यद्यपि ३ कोरियाली १ चिनियाँ र २ नेपाली पर्यटकको अवस्था भने अहिलेसम्म अज्ञात छ । व्यापक हिमपातका कारण सो क्षेत्रमा टेलिफोनसेवा समेत अवरुद्ध भएपछि उनीहरुको लोकेसन पत्ता लगाउन कठिनाई भएको बताइएको छ ।

घटनास्थलमा पुगेको टोलीले राति अबेरसम्म उनीहरुको खोजी गरेपनि अवस्था पत्ता लाग्न सकेको छैन । खराव मौसमका कारण आज उनीहरुको खोजी कार्य रोकिएको भन्दै भोलि बिहानैदेखि उनीहरुको खोजी थालिने बताएको छ ।

अन्नपूर्ण आधारशिविरको पदयात्रामा निस्केका ३ कोरियाली १ चिनियाँ र २ नेपाली सम्मिलित ६ जनाको टोली आज बिहानदेखि सम्पर्क विहिन बनेपछि उद्दारका लागि पोखराबाट टोली घटनास्थल पुगेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार...

यौन दुराचारको आरोपी महरा थप  ३ दिन हिरासतमै रहने यौन दुराचारको आरोपी महरा थप ३ दिन हिरासतमै रहने

२०७६ आश्विन २८ गते मंगलबार

१५ अक्टोबर, २०१९ काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ...

२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले २७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली...

नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित) नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...

Top