सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार


२५ अप्रिल, २०२१
काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै भोलि अर्थात् बैशाख १३ गतेदेखि लागूहुने गरी देशभरका शैक्षिक संस्थाले पूर्वनिर्धारित गरेको सबै परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय संयन्त्र (कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द) को आज बसेको बैठकले विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थिति गराएर परीक्षा सञ्चालन गराउँदा कोरोनाको जोखिम बढ्ने भन्दै तत्कालका लागि पूर्वनिर्धारित सबै परीक्षाका कार्यक्रमहरु स्थगित गर्न भनेको हो । यसअघि सरकारले देशभरका सबै शैक्षिक संस्थामा भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन कार्य तत्काल बन्द गर्न भनेको थियो । तर पूर्वनिर्धारित परीक्षाका कार्यक्रमहरु सञ्चालनमा आवश्यक सावधानी अपनाएर अघि बढाउन रोक लगाइएको थिएन । तर पछिल्ला दिनमा काठमाडौंलगायत देशभर कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि केन्द्रले आज आकस्मिक बैठक बसेर यो निर्णय गरेको हो ।

परीक्षा र शैक्षिक कार्यक्रम स्थगित गरिएपनि अनलाईनको माध्यमबाट हुने सबै शैक्षिक गतिविधि सञ्चालनमा कुनै रोक नलगाइएको केन्द्रले स्पष्ट पारेको छ । कोरोनाको दोश्रो लहरमा स्कुल तथा क्याम्पसमा अध्ययनगर्ने उमेर समूहपनि बढी संक्रमित बन्न थालेपछि बाध्य भएर सरकारले विद्यालय तथा क्याम्पसमा हुने पठनपाठनका गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...

उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना...

पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा  गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय...

Top