अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो

Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार


०५ मार्च, २०२०
सुनिल तिवारी, न्यूर्योक । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापी बन्दै हालसम्म विश्वका ६० भन्दा बढी मुलुकका नागरिकहरुलाई प्रभावित बनाउन सफल भएको छ । पछिल्लो समयमा अमेरिकामा पनि कोरोना भाइरसले विभिन्न राज्यका मानिसहरुलाई संक्रमित तुल्याएको छ ।

यहाँको सरकारले दिएको जानकारी अनुसार हालसम्म शुक्रबार स्थानीय समय अनुसार दिउँसो १ बजेसम्म अमेरिकाका १५ राज्यमा कोरोनाको संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म ११ जनाको कोरोनाको संक्रमणबाट ज्यान गै सकेको छ भने १ सय ६० जना संक्रमित देखिएको छ । स्थानीय पत्रपत्रिका तथा टेलिभिजनमा जनाईए अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्यको रुपमा क्यालिफोर्निया रहेको छ ।

यसका अलावा वासिंटन डिसी, न्यूयोर्कलगायतका राज्यमा पनि विरामीहरुको संख्या बढ्दै गएको छ । हालसम्म क्यालिफोर्नियामा ३६ जना संक्रमित भेटिएका छन् । गएराति न्यूर्योकमा थप २ जना संक्रमित भेटिएपछि यो राज्यमा मात्रै कोरोनाबाट संक्रमितको संख्या १३ पुगेको छ ।

यसका अलावा वासिंटन डिसीमा ३९ जना, एरिजोनामा २, फ्लोरिडामा ३, जर्जियामा २, इलिनोयामा ४, माचाचुसेट्समा २, न्यू ह्याम्पशायरमा २, मासाचुसेट्समा २, न्यूजर्सीमा १, नर्थ क्यारोलिनामा १, ओरेगनमा ३, रोढ आइल्याण्डमा २, विसकन्सिमा १ र टेक्सासमा १ जनामा कोरोनाको संक्रमण भेटिएको बताइएको छ ।

कोरोनाले विभिन्न राज्यमा प्रभाव फैलाएपछि यहाँका ठूला कम्पनी तथा विभिन्न कारखानामा काम गर्नेहरुलाई विशेष सचेत गराइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी

२०७९ चैत्र ३ गते शुक्रबार

१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...

बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने...

१०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको  मृत्यु १०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको मृत्यु

२०८२ श्रावण ८ गते बिहिबार

बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा...

Top