Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०
धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला विरुद्ध विशेष अदालतले ४ वर्ष कैद र झण्डै साढे १९ करोड बराबरको जरिवाना सुनाइएको छ । विशेषका न्यायधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज भएको अन्तिम सुनुवाईमा सञ्जय साह टक्लाविरुद्ध ४ वर्ष कैद सजाय र १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना र सोही बराबरको विगो जफत हुने फैसला आएको हो ।
यसअघि अख्तियारले टक्लाका विरुद्ध ३१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी तत्कालीन नेकपा माओवादीका तर्फबाट धनुषा ३ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् । उनी राज्यमन्त्री हुँदा पदीय हैसियत मिचेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...
पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा
२०७६ कार्तिक १ गते शुक्रबार
१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट...
भारतीय अभिनेता अमिताभ बच्चनको ‘आँखाको शल्यक्रिया’
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको...
आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १...
Top