Best Khabar Team | २०८१ पुष ११ गते बिहिबार
२६ डिसेम्बर २०२४
लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा पहिलोपटक तमु ल्होसार मनाइएको छ । गुरुङ्ग समुदायको महान पर्व तमु ल्होसरको अवसरमा लक्जम्बर्गमा रहेका गुरुङ्ग समुदायको सक्रियतामा पहिलो पटक ल्होसार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लक्जम्बर्गमा रहेका विभिन्न क्षेत्रका नेपाली समुदायको सहभागिता रहेको थियो ।

गैर आवासीय नेपाली संघ लक्जम्बर्गका संरक्षक एवं पुराना व्यवसायी नारायण बहादुर गुरुङ्गले पहिलोपटक ल्होसार कार्याक्रम आयोजना गर्न पाउँदा आफूहरुलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । विदेशी भूमिमा यसरी आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन पाउँदा भावी पुस्तामा समेत संस्कृति हस्तान्तर हुने उहाँको भनाइ छ । यस्तै एनआरएनए लक्जम्बरर्गका संरक्षक एवं पूर्व अध्यक्ष हरि खत्रीले यस्ता चाडपर्वले विदेशमा रहेका नेपाली समुदायलाई थप एकताबद्ध बनाउने विचार व्यक्त गर्नुभयो । आउँदा वर्षहरुहरुमा यसलाई नेपाली समुदायको सामूहिक पर्वको रुपमा मनाउन आफूले पहल गर्ने उहाँको धारणा छ ।
यस्तै एनआरएनए लक्जम्बर्गका महासचिव बालहरी राईले तीन पुस्तालाई एकै ठाउँमा जम्मा गरेर यस्ता कार्यक्रम सम्पन्न हुनु निक्कै सकारात्मक भएको बताउनुभयो । कार्यक्रममा बरिष्ठ लोक गायक मिलन लामाले विभिन्न सांगीतिक प्रस्तुति समेत पस्केका थिए ।












स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए
२०७६ असार ५ गते बिहिबार
२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द...
भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !
२०८२ बैशाख २७ गते शनिबार
१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...
भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको...
दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते
२०७९ फाल्गुन ९ गते मंगलबार
२१ फेब्रुअरी, २०२३इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान...
Top