अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार


११ जुन, २०२०
टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध रुपमा इटली जान लागेका आप्रबासीहरु सवार एउटा पानीजहाज समुद्रमा दुर्घटनामा परेको छ । एक साताअघिको दुर्घटनामा हालसम्म ४६ जनाको शव फेला परेको छ । युरोप छिर्ने उद्देश्यले ट्युनिसियाबाट इटलीका लागि छुटेको सो पानीजहाज ट्युनिसियाकै समुद्री भूभागमा दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् ।

इटली र ट्युनिसियाबीचको समुद्री भूभाग । यही आसपासमा पानीजहाज दुर्घटनामा परेको अधिकारीहरुको भनाई छ । तस्वीर साभार : गुगल ।

ट्युनिसको सफाक्स शहरबाट इटलीका लागि अबैध आप्रबासी लिएर अघि बढेको सो पानीजहाज दुर्घटनाको कारण खुल्न सकेको छैन । स्थानीय केर्कनाह टापु नजिकै पानीजहाज दुर्घटनामा परेको थियो । समुद्रमा माछा मार्न गएका माझीहरुले शव देखेपछि स्थानीय प्रहरी अधिकारीलाई खबर गरेपछि घटना बाहिर आएको थियो । गएको मंलबार घटनास्थल भएको ठाउँ वरपरबाट २२ जना महिलाको शव बरामद गरेको प्रहरीले जनाएको छ । जसमा केही गर्भवती महिलासमेत रहेको बुझिएको छ । यस्तै थप २४ जनाको शव आज भेटिएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यस्तै कतिपय बालबाललिकाले पनि सो दुर्घटनामा ज्यान गुमाएका छन् । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनाको बारेमा ट्युनिसियाका सरकारी अधिकारीहरुले छानबिन अघि बढाएका छन् । सो दुर्घटनामा परेकाहरुको विस्तृत विवरण खुल्न नसकेको बताइएको छ । समुद्रको बीचमा पानीजहाज दुर्घटनामा परेकोले मृतकको शव संकलन तथा उद्दारमा कठिनाई भएको सुरक्षाकर्मीहरुले बताएका छन् ।

मृतक बालबालिका कम्तीमा ५ वर्षभन्दा कम उमेर समूहको रहेका छन् । सो पानी जहाजमा ट्युनिसियालगायत नाइजर, अल्जेरिया, लिबियालगायतका अफ्रिकी मुलुकका आप्रबासीहरु रहेको अनुमान गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...

अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार

२०७७ माघ ८ गते बिहिबार

२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका...

काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने

२०७९ पुष २६ गते मंगलबार

१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं...

कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...

Top