अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार


११ जुन, २०२०
टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध रुपमा इटली जान लागेका आप्रबासीहरु सवार एउटा पानीजहाज समुद्रमा दुर्घटनामा परेको छ । एक साताअघिको दुर्घटनामा हालसम्म ४६ जनाको शव फेला परेको छ । युरोप छिर्ने उद्देश्यले ट्युनिसियाबाट इटलीका लागि छुटेको सो पानीजहाज ट्युनिसियाकै समुद्री भूभागमा दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् ।

इटली र ट्युनिसियाबीचको समुद्री भूभाग । यही आसपासमा पानीजहाज दुर्घटनामा परेको अधिकारीहरुको भनाई छ । तस्वीर साभार : गुगल ।

ट्युनिसको सफाक्स शहरबाट इटलीका लागि अबैध आप्रबासी लिएर अघि बढेको सो पानीजहाज दुर्घटनाको कारण खुल्न सकेको छैन । स्थानीय केर्कनाह टापु नजिकै पानीजहाज दुर्घटनामा परेको थियो । समुद्रमा माछा मार्न गएका माझीहरुले शव देखेपछि स्थानीय प्रहरी अधिकारीलाई खबर गरेपछि घटना बाहिर आएको थियो । गएको मंलबार घटनास्थल भएको ठाउँ वरपरबाट २२ जना महिलाको शव बरामद गरेको प्रहरीले जनाएको छ । जसमा केही गर्भवती महिलासमेत रहेको बुझिएको छ । यस्तै थप २४ जनाको शव आज भेटिएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यस्तै कतिपय बालबाललिकाले पनि सो दुर्घटनामा ज्यान गुमाएका छन् । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनाको बारेमा ट्युनिसियाका सरकारी अधिकारीहरुले छानबिन अघि बढाएका छन् । सो दुर्घटनामा परेकाहरुको विस्तृत विवरण खुल्न नसकेको बताइएको छ । समुद्रको बीचमा पानीजहाज दुर्घटनामा परेकोले मृतकको शव संकलन तथा उद्दारमा कठिनाई भएको सुरक्षाकर्मीहरुले बताएका छन् ।

मृतक बालबालिका कम्तीमा ५ वर्षभन्दा कम उमेर समूहको रहेका छन् । सो पानी जहाजमा ट्युनिसियालगायत नाइजर, अल्जेरिया, लिबियालगायतका अफ्रिकी मुलुकका आप्रबासीहरु रहेको अनुमान गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा ७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

२०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...

कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा ! कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा !

२०७७ कार्तिक १ गते शनिबार

१७ अक्टोबर, २०२०काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाडको रुपमा...

बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट) बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा...

युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते

२०७९ फाल्गुन १७ गते बुधबार

०१ मार्च, २०२३लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति...

Top