Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज बाँकेमा २५ वर्षका एक युवकको कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमै रहेको अवस्थामा मृत्यु भएको हो । ती युवक बैशाख ३० गते भारतबाट नेपाल फर्केर क्वारेन्टाइनमा बसेका थिए । गएरातिदेखि स्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित बनेपछि अस्पताल लैजाने तयारी भै रहँदा क्वारेन्टाइनमै ज्यान गुमाएका थिए ।
आज बिहान ४ बजेतिर एक्कासी वान्ता गरेका उनको त्यसको केहीबेरमै ज्यान गएको थियो । बाँकेको नरैनापुर घर भएका उनी रोजगारीको लागि भारतको मुम्बई पुगेका थिए । लकडाउनलाई छिचोल्दै उनी बैशाख ३० गते गाउँ फर्केर क्वारेन्टाइनमा बसेका थिए । उनको मृत्यु भएपछि क्वारेन्टाइनमा बसेका अन्यको पनि स्वास्थ्य परीक्षण थालिएको छ ।
यसअघि हिजोमात्रै सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिलाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको थियो । हालसम्म नेपालमा कारोनाका कारण २ जनाको ज्यान गएको छ भने २ सय ९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये ३७ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...
बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...
सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...
Top