Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज बाँकेमा २५ वर्षका एक युवकको कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमै रहेको अवस्थामा मृत्यु भएको हो । ती युवक बैशाख ३० गते भारतबाट नेपाल फर्केर क्वारेन्टाइनमा बसेका थिए । गएरातिदेखि स्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित बनेपछि अस्पताल लैजाने तयारी भै रहँदा क्वारेन्टाइनमै ज्यान गुमाएका थिए ।
आज बिहान ४ बजेतिर एक्कासी वान्ता गरेका उनको त्यसको केहीबेरमै ज्यान गएको थियो । बाँकेको नरैनापुर घर भएका उनी रोजगारीको लागि भारतको मुम्बई पुगेका थिए । लकडाउनलाई छिचोल्दै उनी बैशाख ३० गते गाउँ फर्केर क्वारेन्टाइनमा बसेका थिए । उनको मृत्यु भएपछि क्वारेन्टाइनमा बसेका अन्यको पनि स्वास्थ्य परीक्षण थालिएको छ ।
यसअघि हिजोमात्रै सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिलाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको थियो । हालसम्म नेपालमा कारोनाका कारण २ जनाको ज्यान गएको छ भने २ सय ९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये ३७ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट...
काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत महिलामा कोरोना संक्रमण
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी...
नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...
अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते
२०७६ माघ २६ गते आइतबार
०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...
Top