मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


०१ जनवरी, २०२०
काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका नायक’का रुपमा परिचित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले मृत्युपछि पनि अरुलाई उज्यालो दिन एउटा महत्वपूर्ण निर्णय गरेका छन् । आम नेपालीको नजरमा कुलश प्रशासकको रुपमा परिचति कुलमान घिसिङ्गले आफ्नो मृत्युपछि त्यतिकै खेर जाने आँखाको नानी दान गर्ने घोषणा गरेर फेरि एकपटक समाजमा सकारात्मक सन्देश प्रवाह गरेका हुन् ।

उनले तीलगंगा आँखा केन्द्रले गरेको एक कार्यक्रममा आफू सँधै आम नागरिकको हितमा काम गर्ने भन्दै मरेपछि पनि आफूले दान गरेको आँखाले अरु दुई जनाले उज्यालो संसार देख्न पाउने भएकाले उनीहरुकै हितमा यो घोषणा गरेको बताए । मरेपछि खेरजाने २ वटा आँखा अरुलाई दान गरेको खण्डमा अरु २ दृष्टिविहिनले संसार देख्दा त्यो वास्तविक अर्थमा धर्म हुने भन्दै उनले आफूले दृष्टिविहिनहरुको मानवीय संवेदना बुझेर आफूले यो घोषणा गरेको बताए ।

तीलगंगा आँखा केन्द्रका अनुसार अहिलेसम्म ७५ हजारले मरणोपरान्त आँखादान गर्ने घोषणा गरिसकेका छन् । जसमध्ये १५ हजार आँखाको नानी प्राप्त भै सकेको छ । आँखा दान महादान भन्ने उक्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रमअन्तर्गत नेपाल आँखा बैंकले हरेक वर्ष गर्ने कार्यक्रमलाई यसवर्ष निरन्तरता दिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...

८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित) ८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...

मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो...

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...

Top