Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०
काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका नायक’का रुपमा परिचित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले मृत्युपछि पनि अरुलाई उज्यालो दिन एउटा महत्वपूर्ण निर्णय गरेका छन् । आम नेपालीको नजरमा कुलश प्रशासकको रुपमा परिचति कुलमान घिसिङ्गले आफ्नो मृत्युपछि त्यतिकै खेर जाने आँखाको नानी दान गर्ने घोषणा गरेर फेरि एकपटक समाजमा सकारात्मक सन्देश प्रवाह गरेका हुन् ।
उनले तीलगंगा आँखा केन्द्रले गरेको एक कार्यक्रममा आफू सँधै आम नागरिकको हितमा काम गर्ने भन्दै मरेपछि पनि आफूले दान गरेको आँखाले अरु दुई जनाले उज्यालो संसार देख्न पाउने भएकाले उनीहरुकै हितमा यो घोषणा गरेको बताए । मरेपछि खेरजाने २ वटा आँखा अरुलाई दान गरेको खण्डमा अरु २ दृष्टिविहिनले संसार देख्दा त्यो वास्तविक अर्थमा धर्म हुने भन्दै उनले आफूले दृष्टिविहिनहरुको मानवीय संवेदना बुझेर आफूले यो घोषणा गरेको बताए ।
तीलगंगा आँखा केन्द्रका अनुसार अहिलेसम्म ७५ हजारले मरणोपरान्त आँखादान गर्ने घोषणा गरिसकेका छन् । जसमध्ये १५ हजार आँखाको नानी प्राप्त भै सकेको छ । आँखा दान महादान भन्ने उक्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रमअन्तर्गत नेपाल आँखा बैंकले हरेक वर्ष गर्ने कार्यक्रमलाई यसवर्ष निरन्तरता दिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने
२०७६ फाल्गुन २० गते मंगलबार
०३ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको...
पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन
२०७७ मंशिर २८ गते आइतबार
१३ डिसेम्बर, २०२०काठमाडौं । आफूहरुले चिनी मिललाई विक्री गरेको...
प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...
मध्यरातमा जुवाको खालमा प्रहरी छापा : वडाअध्यक्षसहित १६ पक्राउ
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० कैलाली । कैलालीको धनगढीमा एक स्थानीय...
Top