भारतमा भएको बस दुर्घटनामा ३९ जनाको शव भेटियो, मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत : प्रधानमन्त्री मोदी

Best Khabar Team | २०७७ फाल्गुन ४ गते मंगलबार


१६ फेब्रुअरी, २०२१
नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । भारतीय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार मध्यप्रदेश अन्र्तगतको सिधी जिल्लामा आज बिहान यात्रुबाहक बस बाणसागर परियोजनाको नहरमा खसेको थियो ।

बस दुर्घटनामा हराईरहेकाहरुको खोजी गर्दै उद्दारकर्मीहरु । तस्वीर साभार : एनडिटिभी इन्डिया ।

बस पानीमा डुबेर भएको दुर्घटनामा परी ३९ जनाको घटनास्थलमै निधन भएको बताइएको छ । मध्यप्रदेशको सिधी जिल्लाबाट सतनाका लागि छुटेको सो बस रामपुर नैकिन भन्ने स्थानमा बसक छेउको पुलबाट बस नहरमा खसेको थियो । सो दुर्घटनामा परी अहिलेसम्म १२ जना यात्रु हराई रहेको बताइएको छ । दुर्घटनामा परेका मध्ये ६ जना नहरको पानीमा पौडेर बाँच्न सफल भएका छन्। सो बसमा ६० भन्दा बढी यात्रु सवार थिए ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्दै मृतकको परिवारलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजारको दरले सहयोग गर्ने बताएका छन् । दुर्घटनास्थलमा अहिले भारतीय सेना, प्रहरी तथा तालिमप्राप्त उद्दारकर्ताहरुको टोलीले दुर्घटनामा हराईरहेकाहरुको खोजी कार्य जारी राखेका छन् ।

दुर्घटनास्थल मध्य प्रदेशको राजधानी भोपालबाट झण्डै ५ सय ६० किलोमिटरको दुरीमा रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...

सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...

कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...

बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...

Top