काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी

Best Khabar Team | २०७७ असार २० गते शनिबार


०४ जुलाई, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका कारण करिब साढे ३ महिनादेखि बन्द रहेको सार्वजनिक यायतात सेवा फेरि सञ्चालन गर्न व्यवसायीहरुले तयारी अघि बढाएका छन् । यसका लागि उनीहरुले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयातका साधनहरु सञ्चालन गर्ने तयारी गरेका छन् । लकडाउनका कारण गाडी सञ्चालन नहुँदा यातयात क्षेत्रमा कार्यरत लाखौं मजदुरको दैनिकी कष्टकर बन्दै गएको भन्दै उनीहरुले पटक–पटक सरकारसँग समस्या राखेपनि यो विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

फाइल तस्बीर

त्यसपछि बाध्य भएर उपत्यकाबाट सार्वजनिक यातयात सञ्चालन गर्ने तयारी थालेका हुन् । तर सरकारले भने यो विषयमा सहमति दिएको छैन । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाभित्रै कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण तत्काल सार्वजनिक यातयात सञ्चालन गरिँदा संक्रमण थप फैलनसक्ने निष्कर्षसहित सरकारले व्यवस्यायीहरुलाई यसो नगर्न आग्रह गरेको थियो । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने मजदुरलाई भोकै मर्न दिन नसकिने भन्दै आफूहरु बाध्य भएर सार्वजनिक यातयात सञ्चालनको तयारीमा लागेको बताएका छन् ।

उनीहरुले जोर विजोर प्रणाली अनुसार भोलिदेखि उपत्यकाभित्र मिनिबसहरु सञ्चालन गर्ने तयारी गरेका छन् । यायतात व्यवसायीका साथै यातयात क्षेत्रमा कार्यरत लाखौं मजदुरहरुले वेहोर्नुपरेको आर्थिक संकटलाई कम गर्नका लागि बाध्य भएर यो निर्णय लिनुपरेको व्यवसायीको भनाई छ ।सरकारले निजी सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्न दिएको भएपनि सार्वजनिक यातयातका साधनरुलाई भने सञ्चालनका लागि रोक लगाएको छ ।

व्यवसायीहरुले सरकारले आफूहरुलाई गाडी चलाउन नदिएर निजी गाडी सञ्चालकलाई भने उन्मुक्ति दिएको आरोप लगाएका छन् । लकडाउनका कारण विद्यालय, क्याम्पस तथा अन्य क्षेत्र बन्द भएपछि चैत्रको पहिलो सातादेखि उपत्यकालगायत देशका सबै जिल्लामा सार्वजनिक सवारी साधन लगभग ठप्प छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

येसु ख्रिस्ट र भगवान कृष्ण ! येसु ख्रिस्ट र भगवान कृष्ण !

२०७६ मंशिर २३ गते सोमबार

विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा...

आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा

२०७७ माघ २ गते शुक्रबार

१५ जनावरी, २०२१दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप...

लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...

आफ्ना नागरिकलाई  तत्काल इराक छाड्न अमेरिकाको निर्देशन आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...

Top