तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द

Best Khabar Team | २०७७ असार ९ गते मंगलबार


२३ जुन, २०२०
डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको रुपमा परिचित बदिपुर गाउँपालिकास्थित बन्दिपुर क्षेत्र कम्तीमा २ साताको लागि सिल गरिएको छ । स्वास्थ्यकर्मीलगायत केही गाउँलेमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले एक विज्ञप्ति निकालेर आगामी एक साताका लागि गाउँपालिका प्रवेश गर्ने सबै नाका सिल गर्दै स्थानीयलाई पनि गाउँबाट अयन्त्र नजानका लागि अनुरोध गरेको छ ।

तनुहँको बन्दिपुर

तनुहँको बन्दिपुर गाउँपालिकामा हिजो एकैपटक ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएकाहरुलाई हाल स्थानीय आइसोलेसन सेन्टरमा राखेर उपचार थालिएको छ । सो क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, गाउँपालिकाका कर्मचारी र सुरक्षाकर्मीलगायत ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई ‘रेड जोन’ को रुपमा घोषणा गरी सिल गरिएको गाउँपालिकाले जनाएको छ । संक्रमितहरुमा एकजना चिकित्सक, अर्का एक स्वास्थ्यकर्मी र केही स्थानीय सामाजिक क्षेत्रमा कार्यरत कर्मचारीहरु रहेको गण्डकी प्रदेशको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बन्दीपुर अस्पतालमा कार्यरत ती चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सो अस्पताल पनि कम्तीमा दुई साताका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्र्तगत सञ्चालित विभिन्न सार्वजनिक सेवाहरुपछि तत्कालका लागि बन्द गरिएको छ । तनुहँको बन्दिपुर आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै महत्वपूर्ण र आकर्षक गन्तव्यको रुपमा रहेको छ । जहाँ पर्यटक सिजनका बेला दैनिक सयौं पर्यटकहरु पुग्ने गर्दछन् । जसका कारण बन्दिपुर बजारका बासिन्दा पूर्णरुपमा पर्यटनमा आश्रित रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनका नेपालीको उद्दार कहिले ? चीनका नेपालीको उद्दार कहिले ?

२०७६ माघ २२ गते बुधबार

पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...

बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...

तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित) तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...

चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...

Top