येसु ख्रिस्ट र भगवान कृष्ण !

Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार


विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा छन्– कृष्ण र येसु ख्रिस्ट । कृष्णलाई सनातन धर्मका ग्रन्थहरूमा र ख्रिस्टलाई इसाई धर्मका ग्रन्थहरूमा पढ्न पाइन्छ । पूर्वीय अनुसन्धाताहरूले ‘ख्रिस्ट शब्द ‘कृष्ण शब्दकै अपभ्रंश रूप हो भनेका छन्, जसरी ‘इब्राहिम शब्दलाई ‘ब्रह्मा शब्दको अपभ्रंश रूप मानिएको छ । ख्रिस्टको जीवनको १८ वर्ष लामो अवधि कहाँ के गरेर बितेको थियो भन्ने कुरा उनको जीवनी पढ्दा थाहा पाउन सकिँदैन, तर रुसी अनुसन्धाता डा। नेटोविचले उनको जीवनको त्यो अवधि भारतवर्षमा सनातन धर्मको अध्ययन, अनुसन्धान र योगको अभ्यास गरी बितेको थियो भनेर लद्दाखको बौद्धविहारमा प्राप्त प्राचीन ग्रन्थहरूमार्फत पत्ता लगाइसकेका छन् ।

भारतवर्षबाट फर्किएपछि सनातन धर्मलाई परिमार्जित स्वरूप प्रदान गर्न उनले महाभारतकालीन कृष्णको अभियानलाई निरन्तरता दिन खोजेका हुन् र त्यही अभियान अघि बढ्दै गर्दा उनैलाई ‘कृष्ण भन्न थालिएको तथा ‘कृष्ण शब्दको अपभ्रंश रूप ‘ख्रिस्ट शब्दबाट उनलाई सम्बोधन गर्न थालिएको कुरा पनि अनुसन्धाताहरूले सप्रमाण पुष्टि गरिसकेका छन् । उनीहरूका अनुसार ख्रिस्टको अभियानले ‘ख्रिस्टियन धर्म को स्वरूप प्राप्त गरेको त त्यसको धेरै वर्षपछि मात्रै हो ।

कृष्णलाई भक्तिको आधारका रूपमा लिइन्छ । अङ्ग्रेजी भाषाको क्राइस्ट वा ख्रिस्ट, फ्रेन्च भाषाको क्रीस्ट, तमिल भाषाको किट्ट, बङ्गला भाषाको कृष्ट वा किट्टो आदि सबै नै ‘कृष्ण शब्द कालक्रमद्वारा भ्रष्ट भएर बनेका स्वरूप हुन् भन्ने कुरा भाषावैज्ञानिकहरूले सिद्ध गरिसकेका छन् । पादरी हेरासले आफ्नो पुस्तक ‘प्रोटो–इन्डो मेडिटेरनियन कल्चर मा ख्रिस्टको जन्म हिन्दू घरानामा भएको सिद्ध गर्दै बाइबलका विभिन्न ठाउँहरूमा भेटिने शब्द ‘गीधा लाई ‘गीता को अपभ्रंश रूप मानेका छन् । फ्लोरेन्समा भएका पन्ध्रौँ शताब्दीका मूर्तिहरूमा ख्रिस्टले जनै लगाएका छन्, ख्रिस्टकी आमाले हिन्दूका गरगहना र सारी लगाएकी छन्, उनको मस्तकमा कुमकुम लगाइएको छ र म्युनिखमा भएको एउटा मूर्तिमा ख्रिस्टलाई संन्यासीको भेषभूषामा देखाइएको छ भनी खप्तड बाबाको ‘धर्मविज्ञान मा उल्लेख गरिएको छ ।

यस्ता प्रमाणहरू प्रशस्त छन्, जसबाट इसाई धर्म हिन्दू धर्मको देन हो र इसाई धर्मका प्रवर्तक येसु ख्रिस्टको ‘ख्रिस्ट शब्द ‘कृष्णको तथा ‘येसु या ‘इसा शब्द ‘ईश वा ‘ईश्वर शब्दको अपभ्रंश रूप हो भन्ने प्रमाणित हुन्छ । भाषाविज्ञानका आधारमा हेर्दा ‘ईश्वर कृष्ण या ‘ईश कृष्ण बाट नै ‘येसु ख्रिस्ट बनेको हो भन्ने कुरामा द्विविधा मान्नुपर्दैन । ‘ब्रह्मा बाट नै ‘इब्राहिम शब्द र ‘ईश्वरीय बाट नै ‘इसाई शब्द बनेको हो भन्ने कुरा पनि यस्तै भाषिक साम्यताबाट उठेको हो । बाइबलमा यस्ता अनेकौँ शब्दहरू सनातन धर्मका ग्रन्थहरू लेखिएको संस्कृत भाषाबाट लगिएका छन् ।

कृष्णको प्रभाव इसाई या ईश्वरीय धर्ममा मात्र होइन, अन्य सम्पूर्ण धर्महरूमा फैलिएर विस्तार भएको छ । यसो हुनुको मूल कारण कृष्णबाट भक्तिधारा प्रवाहित हुनु हो र भक्तिधाराका विषयमा ख्रिस्टको वा जुनसुकै धर्मको चर्चा गर्नु पनि कृष्णकै विषयमा चर्चा गर्नु हो । स्वामी विवेकानन्द र स्वामी दयानन्द सरस्वतीदेखि आचार्य रजनीश र सत्य साइबाबासम्मका विश्वविख्यात पूर्वीय दार्शनिकहरूले कृष्णदर्शनको महिमागान गरेका छन् । ‘धर्मविज्ञान का अनुसार पश्चिमी दार्शनिकहरू अर्थर सोपेनहावर, म्याक्समुलर, पाल ड्युस्सन, भिक्टर कजिन्स, फ्रेडरिक स्लेगल, एल्ड्युज हक्सले, एम।

गेन्टिल, सारा बुल, सेलिङ आदिले कृष्णको प्रशंसा मुक्तकण्ठले गरेका छन् र विश्वमानवलाई नै एउटै धारामा संयोजन गराउने कार्यमा कृष्णको भूमिका रहेको कुरा स्वीकार गरेका छन् । ‘श्रीमद्भगवद्गीता विश्वको सम्पूर्ण ग्रन्थ हो भन्ने कुरा ‘ईश्वर मरिसक्यो भनी घोषणा गर्ने महान् अस्तित्ववादी दार्शनिक फ्रेडरिक विल्हेल्म नीत्सेले समेत आफ्नो पुस्तकमा भनेका छन् । मुगल सम्राट् शाहजहाँका जेठा छोरा दारासिकोहले कृष्णचरित्रबाट प्रभावित बनी वि।सं। १६४७ देखि १६५७ सम्मको १० वर्षको अवधिमा ‘श्रीमद्भगवद्गीता सहित ५० वटा उपनिषद्हरूको अनुवाद पारसी भाषामा गराएको चर्चा त इतिहासप्रसिद्ध नै छँदै छ ।

वास्तवमा कृष्णका विषयमा लेखेर, बोलेर वा पढेर कहिल्यै सकिँदैन, किनभने सम्पूर्ण चराचर जगत् नै कृष्णमा केन्द्रित छ, अर्थात् कृष्णबाट प्रारम्भ भएर कृष्णमै पुगी टुंगिन्छ । ज्ञानभन्दा पर रहेका यस्ता कृष्णका विषयमा धेरै तरिकाबाट धेरै विद्वान्ले लेख्ने वा बोल्ने गरिसकेका छन् । पूर्वकालमा कृष्णको विराट् स्वरूपका विषयमा लेख्ने वा बोल्ने गरिन्थ्यो भने आधुनिक कालको लेखाइ वा बोलाइ कृष्णको अंशस्वरूपमा केन्द्रित छ । अचेल कृष्णका विषयमा लेख्नु वा बोल्नु भनेको केवल नयाँ मान्यता स्थापित गर्न खोज्नु वा पुरानो साम्प्रदायिक मान्यतालाई समर्थन गरी प्रचार–प्रसार गर्न खोज्नु नै हुनेछ र भइरहेछ । तथापि कृष्णका विषयमा विभिन्न कोण र क्षेत्रबाट अझै पनि लेखिँदै छन् र बोलिँदै छन् । त्यसैले कयौं लेखकका लेखहरूमा पुनरुक्तिदोषसमेत पाइने गरेको छ ।

कृष्णको अनुकरण गरेर उनैको अभियानलाई ईशभक्तिधाराका रूपमा अघि बढाउँदै जाँदा त्यसो गर्ने एउटा समूह पछि अलग्गै सम्प्रदाय बनेको र कालान्तरमा त्यसले आफ्नै आकार लिएर छुट्टै धर्मका रूपमा स्थापित भई ‘कृष्ण धर्म नै ‘ख्रिस्टियन धर्म बनेको कुरा यी तथ्यहरूले देखाएका छन् । त्यसैले दिग्भ्रमित भएर मार्गबाट विचलित बनेका ख्रिस्टियन मित्रहरूलाई यस्ता वास्तविकताहरू बताई आफ्नै मूल मार्गमा फर्किन आह्वान गर्नु नै कृष्णभक्तिधाराका प्रचारकहरूका लागि ‘कृण्वन्तो विश्वमार्यम्’ लाई सार्थकता दिनेतर्फको हालको पहिलो पुण्य कर्तव्य हुनेछ ।

–अक्षरधाम बनेपा



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...

देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि...

कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले...

बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश...

Top