Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०
खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा नेपाली भूभागहुँदै मानसरोबर जाने बाटो खोलेलगत्तै उत्पन्न चौतर्फी दबाबपछि सरकारले सो क्षेत्रमा सशस्त्र प्रहरीको बाहिरी सीमा सुरक्षा चौकी स्थापना गरेको छ । २५ जना सशस्त्र प्रहरी रहने सो पोस्टको नेतृत्व सशस्त्र प्रहरीका निरीक्षक लिलीबहादुर चन्दले गरेका छन् ।
दार्चुलाको सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक चन्दको नेतृत्वमा रहेको सो प्रहरी पोष्टले सिमा सुरक्षा गर्ने बताइएको छ । पोष्टमा खटिएका सुरक्षाकर्मीका लागि भन्दै सरकारले आजै हेलिकोप्टबाट बन्दोबस्तीका सामान समेत सो क्षेत्रमा पठाएको थियो । सोही क्षेत्रमा नेपाल प्रहरीको ८ जनाको टोलीले पनि सितापुल भन्ने स्थानमा प्रहरी चौकी स्थापना गर्ने तयारी गरेको छ ।

तीब्बतमा अवस्थित चर्चित कैलाश मानसरोबर जानका लागि भारतले कच्ची सडकमार्ग सञ्चालनमा ल्याए सिमा विवाद तीव्र बनेको छ । संसददेखि सडकसम्म सरकारको विरोधमा प्रदर्शन भै रहेका छन् । विगतदेखि नै भारतीय पक्षले सो क्षेत्रमा रहेको सयौं हेक्टर नेपालको जमिन आफ्नो पकडमा लिएर एकतर्फी ढंगले संरचना बनाउँदै आएपनि त्यो फिर्ता ल्याउन सरकारले त्यसमा कुनै प्रभावकारी कदम चालेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...
बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले
२०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत...
यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका...
Top