Best Khabar Team | २०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९
ब्रसेल्स । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालका भूमि मिचेको भेटिएपछि त्यसको विरोधमा अहिले काठमाडौंलगायत विश्वका विभिन्न स्थानमा बस्ने नेपालीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । नेपालीहरुले भारतीय पक्षलाई तत्काल यो नक्सा सच्चाएर विगतको सन्धी सम्झौता अनुसार नेपाली भूमि फिर्ता गर्न माग गर्दै दबाब स्वरुप विभिन्न देशस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।
यही क्रममा युरोपेली मुलुकका झण्डै आधा दर्जन देशमा रहेका नेपालीहरुले त्यहाँस्थित भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउँदै तत्काल नेपाली भूमि फिर्ता गराउन माग गरेका छन् । उनीहरुले नयाँ नक्सामा नेपाली भूमि समावेश भएकोले तत्काल यसलाई खारेज गर्न चेतावनी दिएका छन् । हालैमात्र नेपालीहरुले स्वीडेन, नर्वे, डेनमार्क, पोर्चुगललगायतका देशमा रहेका भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गर्दै खवरदारी गरेका हुन् । यी देशस्थित विभिन्न राजनीतिक दल सम्बद्ध संघ संगठन तथा गैरआवासीय नेपाली संघलगायतको सहभागितामा विरोध प्रदर्शन भएको हो । यो साता मात्रै स्वीडेन, नर्वे, डेनमार्क, पोर्चुगललायतका देशस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन भएका छन् ।

विशेषत हालै भारतले जारी गरेको नयाँ राजनैतिक नक्सामा भारतीयनेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समावेश गरेपछि त्यसको विरोधमा दुतावास घेराउका कार्यक्रम भै रहेका हुन् । विदेशमा रहेका नेपालीहरुले नेपाली भूमिमाथिको अतिक्रमण कुनै हालतमा स्वीकार्न नसकिने भन्दै तत्काल यसतर्फ दूतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका छन् ।
यद्यपि कतिपय देशस्थित भारतीय दुतावासले ध्यानाकर्षण पत्र बुझ्न अस्वीकार गरेपछि त्यहाँस्थित नेपाली संघ संस्थाले इमेल र फ्याक्समार्फत् पत्र पठाएका छन् । पोर्चुगलको राजधानी लिस्वोनस्थित भारतीय दुतावास अगाडि पनि त्यहाँस्थित नेपालीहरुले विरोध स्वरुप झण्डै आधा घण्टा प्रदर्शन गरेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
२०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...
सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबार बिहानबाट आम नागरिकमा...
धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको...
Top