याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

Best Khabar Team | २०७७ माघ २८ गते बुधबार


१० फेब्रुअरी, २०२१
याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’ को विरोधमा दशौं हजार मानिसहरु सडकमा उत्रिएका छन् । उनीहरुले सैनिक शासनको विरोध गर्दै करिब १ सातादेखि राजधानी याङ्गुगन र आसपासका सडकमा प्रदर्शन जारी राखेका छन् । यो क्रम बुधबार पनि जारी रहेको छ । हालै म्यान्मारमा भएको सैनिक कूका विरुद्ध अहिले विश्वभरबाट विरोध भै रहेका बेला यहाँका नागरिकहरुले दिनहुँ प्रदर्शनलाई थप सशक्त बनाउँदै लगेका छन् ।

प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन तथा प्रदर्शन तितरवितर बनाउन सडकमा हजारौं सेना र प्रहरी परिचालन गरिएको छ । विरोध प्रदर्शन उत्रिएका स्थानीयवासिन्दालाई सुरक्षाकर्मीले अश्रुग्याँस, पानीको फोहोरालगायतले हानेर तितरवितर बनाउने कोशिष गरेका छन् । कतिपय स्थानमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले रबरका गोली चलाएको छ । प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरुसमेत घाइते भएका छन् । आजको विरोध कार्यक्रममा राजधानी याङ्गगुनका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले स्वतस्फूर्तरुपमा सहभागीता जनाएका छन् । नागरिक प्रदर्शनलाई कमजोर बनाउन सेनाले इन्टरनेट सेवासमेत अवरुद्ध पारेको छ ।

यसका बाबजुत अनलाईनबाट सैन्य कुको विरुद्ध भोटिङ्ग अभियान शुरु भएको छ । प्रदर्शनकारीहरुले म्यान्मार र म्यानमारी जनताका लागि अहिले न्याय आवश्यक भएको भन्दै सैन्य कूको तत्काल खारेजी गर्न माग गरेका छन् । सैन्य ‘कु’ भएलगत्तै यहाँकी नेतृ आङ्गसाङ्ग सूकीलगायतका दर्जनौं शिर्ष नेताहरुलाई पक्राउ गरिएको छ । उनीहरुलाई अहिले सेनाले हिरासतमा राखेको छ ।

तस्वीरहरु साभार : इन्टरनेट ।

सेनाले गएरातिमात्रै नेत्री सुकीको पार्टी ‘नेसनल लीग फर डेमोक्रेसी’को याङ्गुनस्थित कार्यलयको मूल ढोका फुटाएर त्यहाँ रहेका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । हाल साँझ ८ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म देशव्यापी रुपमा कफ्र्यु आदेश जारी गरिएको छ ।

कफ्र्युकै समयमा सेनाले नेतृ सुकीको पार्टी कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजातलाई नियन्त्रणमा लिएको हो । नागरिक प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुको मानवअधिकारको रक्षाका लागि आवश्यक सावधानी नअपनाएको भन्दै विभिन्न अन्र्तराष्ट्रिय निकायले सुरक्षाकर्मीको ध्यानाकर्षण गराएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो,  संक्रमितको संख्या १ सय १५ पुग्यो बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...

‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने ‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...

येसु ख्रिस्ट र भगवान कृष्ण ! येसु ख्रिस्ट र भगवान कृष्ण !

२०७६ मंशिर २३ गते सोमबार

विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा...

नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै

२०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...

Top