Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२०
काठमाडौं । अन्ततः सरकारले कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको हुआन प्रान्तलगायत अन्य शहरबाट ल्याइने नेपालीहरुलाई राख्ने ठाउँ लगभग टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको सरोकारवालाहरुको बैठकले चीनबाट ल्याइने गैरसंक्रमितहरुलाई राख्नका लागि भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने सहमति जुटाएको हो ।

यसअघि नागार्जुन नगरपालिकास्थित सरकारी अपार्टमेन्टमा राख्ने चर्चा चलेपनि स्थानीयवासिन्दाले त्यसको विरोध जनाएका थिए । चीनमा हालसम्म करिब २ सय जना नेपालीहरुले आफूहरुलाई उद्दारका लागि आग्रह गर्दै दुतावासले जारी गरेको फर्म भरेको भन्दै सरकारले ती मध्ये स्वस्थ नेपालीमात्रै नेपाल ल्याइने र संक्रमण फेला परेकाहरुलाई भने उतै राखेर उपचारका लागि चिनियाँ सरकारलाई आग्रह गर्ने जनाएको छ ।
चीनमा रहेको नेपाली विद्यार्थी तथा अन्य पेशा र व्यवसायमा संलग्नहरुले उद्दारका लागि आग्रह गरेका कारण सरकारले उनीहरुलाई विमान नै चार्टर गरेर काठमाडौं ल्याउने तयारी समेत गरेको छ । स्वस्थ व्यक्तिलाई राखिने भएपछि यहाँ चिकित्सक, सुरक्षाकर्मीलगायतको पहरा चौविसैघण्टा तयारी अवस्थामा राखिने सरकारको भनाई छ ।
तर यो विषयमा सरोकारवालाहरुलाई सो क्षेत्र अवलोकन गर्नका लागि पठाएपछि मात्रै अन्तिम टुंगो लाग्ने सरकारी स्रोतको भनाई छ । मानवबस्ति पातलो रहेको सो स्थानमा चीनबाट फर्केकालाई राख्न स्थानीयलाई पनि खासै असर नपर्ने भन्दै यो ठाउँ प्रस्ताव गरिएको बताइएको छ ।
क्वारेन्टाइनको रुपमा उनीहरु रहने स्थानमा औषधी र चिकित्सकहरुसहितको टोली, सेना, प्रहरीसमेत परिचिालन गरिने छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...
सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका...
२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...
स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक...
Top