चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार


०४ फेब्रुअरी, २०२०
काठमाडौं । अन्ततः सरकारले कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको हुआन प्रान्तलगायत अन्य शहरबाट ल्याइने नेपालीहरुलाई राख्ने ठाउँ लगभग टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको सरोकारवालाहरुको बैठकले चीनबाट ल्याइने गैरसंक्रमितहरुलाई राख्नका लागि भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने सहमति जुटाएको हो ।

यसअघि नागार्जुन नगरपालिकास्थित सरकारी अपार्टमेन्टमा राख्ने चर्चा चलेपनि स्थानीयवासिन्दाले त्यसको विरोध जनाएका थिए । चीनमा हालसम्म करिब २ सय जना नेपालीहरुले आफूहरुलाई उद्दारका लागि आग्रह गर्दै दुतावासले जारी गरेको फर्म भरेको भन्दै सरकारले ती मध्ये स्वस्थ नेपालीमात्रै नेपाल ल्याइने र संक्रमण फेला परेकाहरुलाई भने उतै राखेर उपचारका लागि चिनियाँ सरकारलाई आग्रह गर्ने जनाएको छ ।

चीनमा रहेको नेपाली विद्यार्थी तथा अन्य पेशा र व्यवसायमा संलग्नहरुले उद्दारका लागि आग्रह गरेका कारण सरकारले उनीहरुलाई विमान नै चार्टर गरेर काठमाडौं ल्याउने तयारी समेत गरेको छ । स्वस्थ व्यक्तिलाई राखिने भएपछि यहाँ चिकित्सक, सुरक्षाकर्मीलगायतको पहरा चौविसैघण्टा तयारी अवस्थामा राखिने सरकारको भनाई छ ।

तर यो विषयमा सरोकारवालाहरुलाई सो क्षेत्र अवलोकन गर्नका लागि पठाएपछि मात्रै अन्तिम टुंगो लाग्ने सरकारी स्रोतको भनाई छ । मानवबस्ति पातलो रहेको सो स्थानमा चीनबाट फर्केकालाई राख्न स्थानीयलाई पनि खासै असर नपर्ने भन्दै यो ठाउँ प्रस्ताव गरिएको बताइएको छ ।

क्वारेन्टाइनको रुपमा उनीहरु रहने स्थानमा औषधी र चिकित्सकहरुसहितको टोली, सेना, प्रहरीसमेत परिचिालन गरिने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव

२०७६ मंशिर २३ गते सोमबार

१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...

काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७ काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...

नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...

बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०गोलपार्क, बुटबल । यतिबेला कोरोना भाइरसका संक्रमणका...

Top