Best Khabar Team | २०७७ चैत्र १८ गते बुधबार
३१ मार्च, २०२१
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले देशको राजधानी काठमाडौं भित्रने नाकाहरुमा थप कडाई गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय, भक्तपुर र लतिलपुरले आफ्नो जिल्लाको सिमा नाका हुँदै काठमाडौं उपत्यका प्रवेश गर्नेहरुमाथि थप कडाई गर्न लागेको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरु सम्बद्ध बैठकले अब उप्रान्त उपत्यका प्रवेश गर्नेहरुलाई नाकामा विशेष कडाईका साथ चेकजाँच गर्ने निर्णय भएको छ ।

यस्तै परीक्षणका क्रममा ज्वरो आएको वा रुघाखोकी लागेको भेटिएमा उनीहरुलाई पिसिआर टेष्ट अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरिएको छ । कोरोनाको परिवर्तित स्वरुपले छिमेकी मुलुक भारतमा नयाँ संक्रमितहरुको संख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले उपत्यका भित्रने नाकामा चेकजाँच बढाउनुका साथै कडाई समेत गरेका हुन्। नाकामा चेकजाँचमा खटिएकाहरुले परीक्षणका क्रममा ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य रुपमा पिसिआर परीक्षण गर्न सम्बन्धित जिल्ला जनस्वस्थ्य कार्यालयमा पठाउने गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय (उपत्यकाको हकमा काठमाडौं, ललितपु र भक्तपुर) लाई यस्ता शंकास्पद यात्रुहरुको स्वास्थ्य परीक्षणको जिम्मा दिइएको छ । उपत्यका भित्रने नाकामा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले ज्वरो आएको र रुघाखोकी लागेको भेटिएमा थप सोधखोज गरी उनीहरुलाई पिसिआरका लागि सम्बन्धित जिल्ला जन-स्वास्थ्य कार्यालयमा पठाउन थालेका हुन् ।
पछिल्ला दिनमा नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि सरकारले यसलाई फैलन नदिन थप सुरक्षा सावधानी अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ । यस्तै कोरोनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यका लगायत देशका सबै जिल्लाहरुमा अनावश्यकरुपमा धेरै मानिसहरु भेला हुने, सभा, सम्मेलन तथा समारोह गर्ने जस्ता कार्यक्रमहरु नगर्न सरकारले आग्रह गरेको छ । यसलाई कार्यान्वयनका लागि सरकारले सम्बन्धित सबै जिल्ला प्रशासन कार्यालयमार्फत आग्रह गर्ने निर्णय समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)
२०८० कार्तिक १८ गते शनिबार
०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...
२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे...
२० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु
२०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९ काठमाडौं । सरकारले घोषणा गरेको नेपाल...
सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...
Top