नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

Best Khabar Team | २०७७ असार ६ गते शनिबार


२० जुन, २०२०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहको कम्तीमा ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । नेकपाको आज बसेको सचिवालय बैठकले हाल रहेको व्यवस्थालाई परिवर्तन गरी ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी सहमति जुटाएको हो ।

प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले यो विषयमा आधिकारिक धारणा बनाउन दलहरुलाई एक साताको समय दिएसँगै आ–आफ्नो दलको एउटा प्रस्ताव तयार गर्न राजनीतिक पार्टीले बैठक र छलफल अघि बढाएका छन् । यही क्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आज सचिवालयमा यो विषयमा छलफल अघि बढाएको हो । नेकपाको सचिवालय बैठकमा विशेष गरी प्रधानमन्त्रीसमेत रहेको नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अहिलेको तत्काल अंगीकृत नागरिकता दिने व्यवस्थामा परिवर्तन गरी ७ वर्षको प्रवधान ल्याउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार विदेशीलाई तत्काल नागरिकता दिँदा त्यसले नागरिकताको महत्व घटाएको र कतिपय अवस्थामा राष्ट्रियतासँग जोडिएका महत्वूर्ण विषयमा समेत समस्या देखिएको भन्दै ७ वर्षे प्रावधान राख्नुपर्नेमा दाहाल र ओलीले जोड दिएका थिए । भारतले कब्जा गरेको नेपालको दार्चुला क्षेत्रको कालापानीको भूमिका विषयमा अंगीकृत नागरिकता लिएकी सांसद सरिता गिरीले विवादास्पद र राष्ट्रिय हित विपरितको अभिव्यक्ति दिएपछि अंगीकृत नागरिकताको विषयमा विवाद बढ्दै आएको छ ।

सोही विषयलाई लिएर उनलाई आजैमात्रै जन्मकैदको माग गर्दै सर्वोच्चमा उजुरी समेत परेको छ । आम नागरिकस्तरबाट अंगीकृत नागरिकताको विषयमा कडाई गर्नुपर्ने भन्दै सरकार र राजनीतिक दलहरुलाई खबरदारी हुँदै आएको सन्दर्भमा नेकपाले यस्तो धारणा बनाएको हो । सबै पार्टीको धारणालाई लिएपछि राज्य व्यवस्था समितिले यो विषयमा समितिमा थप छलफल पछि एउटा ठोस निर्णय लिनेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित) दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित)

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०न्यूर्योक । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमणको...

अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक

२०७७ चैत्र ४ गते बुधबार

१७ मार्च, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार...

COVID 19 TIME – SOME ENCOURAGEMENT COVID 19 TIME – SOME ENCOURAGEMENT

२०७७ श्रावण २३ गते शुक्रबार

Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...

चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले

२०७६ पुष १२ गते शनिबार

२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...

Top