Best Khabar Team | २०७७ असार ६ गते शनिबार
२० जुन, २०२०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहको कम्तीमा ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । नेकपाको आज बसेको सचिवालय बैठकले हाल रहेको व्यवस्थालाई परिवर्तन गरी ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी सहमति जुटाएको हो ।

प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले यो विषयमा आधिकारिक धारणा बनाउन दलहरुलाई एक साताको समय दिएसँगै आ–आफ्नो दलको एउटा प्रस्ताव तयार गर्न राजनीतिक पार्टीले बैठक र छलफल अघि बढाएका छन् । यही क्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आज सचिवालयमा यो विषयमा छलफल अघि बढाएको हो । नेकपाको सचिवालय बैठकमा विशेष गरी प्रधानमन्त्रीसमेत रहेको नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अहिलेको तत्काल अंगीकृत नागरिकता दिने व्यवस्थामा परिवर्तन गरी ७ वर्षको प्रवधान ल्याउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार विदेशीलाई तत्काल नागरिकता दिँदा त्यसले नागरिकताको महत्व घटाएको र कतिपय अवस्थामा राष्ट्रियतासँग जोडिएका महत्वूर्ण विषयमा समेत समस्या देखिएको भन्दै ७ वर्षे प्रावधान राख्नुपर्नेमा दाहाल र ओलीले जोड दिएका थिए । भारतले कब्जा गरेको नेपालको दार्चुला क्षेत्रको कालापानीको भूमिका विषयमा अंगीकृत नागरिकता लिएकी सांसद सरिता गिरीले विवादास्पद र राष्ट्रिय हित विपरितको अभिव्यक्ति दिएपछि अंगीकृत नागरिकताको विषयमा विवाद बढ्दै आएको छ ।
सोही विषयलाई लिएर उनलाई आजैमात्रै जन्मकैदको माग गर्दै सर्वोच्चमा उजुरी समेत परेको छ । आम नागरिकस्तरबाट अंगीकृत नागरिकताको विषयमा कडाई गर्नुपर्ने भन्दै सरकार र राजनीतिक दलहरुलाई खबरदारी हुँदै आएको सन्दर्भमा नेकपाले यस्तो धारणा बनाएको हो । सबै पार्टीको धारणालाई लिएपछि राज्य व्यवस्था समितिले यो विषयमा समितिमा थप छलफल पछि एउटा ठोस निर्णय लिनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए
२०७६ असार ५ गते बिहिबार
२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द...
कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र...
प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...
भागरथीको हत्यारा को ?
२०७७ माघ २६ गते सोमबार
०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...
Top