काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते

Best Khabar Team | २०७६ फाल्गुन १२ गते सोमबार


२४ फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ एउटा मालबाहक ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा एकर्जन सवारी साधनमा क्षति पुगेको छ । कलंकीको ढुंगेअड्डास्थित ओह्रोलामा आइपुगेपछि सो ट्रकको ब्रेक फेल भएको बताइएको छ । ना ६ ख २८७१ नम्बरको ट्रक थानकोटबाट कलंकीतर्फ आउने क्रममा ढुंगेअड्डाको ओह्रालोमा ब्रेक फेल भएको थियो ।

सो ट्रकले ठक्कर दिँदा २ वटा मिनीट्रक, तीन मोटरसाइकल, एउटा स्कर्पियो गाडि, एउटा ट्याक्सी, एउटा सरकारी गाडी र २ वटा स्कुटरमा क्षति पुगेको छ । दुर्घटनामा चितवनको टाँडी घर भएका शमशेर गुरुङ्गको ज्यान गएको छ भने अरु ४ जना घाइते भएका छन् ।

घाइतेहरुको राजधानीको ट्रमा सेन्टरमा उपचार भै रहेको छ । दुर्घटना गराउने ट्रकका चालक सर्लाहीका वीरेन्द्र कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...

काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते

२०७६ माघ २१ गते मंगलबार

सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक...

युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...

Top