Best Khabar Team | २०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९
काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष आउन अब करिब ६ महिना बाँकी छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेको सरकारले केही महत्वकांक्षी योजनाहरु पनि सार्वजनिक गरेको छ । यो वर्ष २० लाख विदेशी पर्यटक ल्याउने सरकारको योजना भएपनि पर्यटन क्षेत्रका पूर्वाधारलगायतका कारण यो वर्ष सरकारले गरेको अपेक्षा पुराहुने सम्भावना कम रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
पछिल्लो समयमा पर्यटन क्षेत्रमा देखिएको राजनीति यसको मुख्य कारण रहेको उनीहरु बताउँछन् । यसका साथै पर्यटन पूर्वधार, विमानस्थलमा देखिएको चापलगायत पनि यसको अर्को कारण हो । यसका अलवा नेपालको केन्द्रीय राजनीतिमा देखिएको समस्या, विप्लव नेतृत्वको नेकपाका पछिल्ला गतिविधिलगायत सरकारको योजनाको बाधक रहेको उनीहरु बताउँछन् । काठमाडौं उपत्यकाभित्रका पर्यटकीय क्षेत्रमा देखिएको जीर्ण सडक तथा सवारी व्यवस्थापनलगायतका विषयमा पनि बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।
पर्यटक नेपाल आएपनि उनीहरुको नेपाल बसाई सफल र सुखद बनाउनका लागि आवश्यक सबै तयारी पुरा गराउन सरकारले कुनै कसर बाँकी राख्नु हुन्न । यसका साथै कुनै पार्टी विशेषको योजना र सफलता भन्नुको साटो सिँगो मुलुकको सफलता हुने दिशामा सोच बनाएर यसलाई सफल पार्न सबै लाग्नुपर्ने देखिएन्छ । काठमाडौंबाट अन्य पर्यटकीय तथा पदमार्गमा जाने सडकहरुको खवस्थामा पनि तत्काल सुधार गर्नुपर्ने देखिन्छ । कतिपय पदमार्गमा अहिलेपनि सडक संरचना अत्यन्तै जोखिम रहेकोले तत्काल त्यसलाई सहज बनाउन लाग्नुपर्ने देखिन्छ । २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी भै रहँदा उनीहरुलाई काठमाडौंलगायत देशका अन्य स्थानमा सरल र सहज रुपले यात्रा गर्ने तथा नेपाल बसाई सुरक्षित बनाउन पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...
गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...
कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...
कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक...
Top