विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित)

Best Khabar Team | २०७६ माघ ११ गते शनिबार


२५ जनवरी, २०२०
काठमाडौं । पछिल्लो समयमा नेपाललगायत विश्वका विभिन्न देशमा व्यापक रुपमा फैलिरहेको कोरोना भाईरसले अहिले थप संत्रास उत्पन्न गराएको छ । नेपालमा समेत यो रोगबाट पीडित एक युवक राजधानीको शुक्रराज सरुवा रोग केन्द्रमा उपचाररथ छन् । यो भाईरसकै कारण अहिलेसम्म विश्वमा करिब ४ दर्जन जनाको ज्यान गै सकेको छ ।

सन् २००३ मा चीनको बुहान प्रान्तबाट फैलिएको रोगका कारण सो प्रान्तमा मात्रै अहिलेसम्म ३८ जनाको ज्यान गै सकेको छ । अझ अचम्मको कुरा त के छ भने चीनमा कोरोना रोगको उपचारमा संलग्न एक चिकित्सकको समेत उपचारको क्रममा निधन भएको छ । ६२ वर्षका ती चिकित्सक चीनको स्थानीय हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत थिए । शुरुमा रुघाखोकी लाग्ने र कडा ज्वरो आउने लक्षय यो रोगको प्रमुख लक्षण हो ।

यो रोग हाल युरोपका केही देशमा समेत देखाएपछि त्यहाँको सरकारहरुले उच्च सुरक्षा सतर्कता अपनाउन नागरिकहरुलाई आग्रह गरिरहेका छन् । यो रोगको अहिलेसम्म औषधी पत्ता लागेको छैन । पशुबाट मानिसमा सर्ने विश्वास गरिएको यो रोग हावामा फैलिने सबैभन्दा घातक रोग हो । यो रोग लागेमा, कडा ज्वरो आउने, श्वास–प्रश्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने, समयमै उपचार नभए मिर्गौला फेल भै मानिसको मृत्यु समेत हुने गरेको छ ।

यो रोगबाट बच्नका लागि नियमित रुपमा सावुन पानीले हात हुन, रोगको संक्रमण देखिए जस्तो लागेमा चिकित्सकसित परामर्श दिन, जंगली तथा घरेलु पशुपंक्षीहरुसँग जोगिन, खोक्दा हाँच्छ्यिु गर्दा नाक र मुख छोप्ने, माछामासु खाँदा छाला निकालेर राम्रोसँग पकाएरमात्रै खान चिकित्सकहरुले सुझाव दिएका छन् ।

रोगलाई मध्यनजर गर्दै अहिले विश्वभरका विमानस्थलगयातका स्थानमा कडा सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । अमेरिकामा पनि यो रोगको भाईरस संक्रमित एक पुरुषको अस्पतालमा उपचार भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउन खुकुलो : नीजि सवारी साधन जोर विजोर गरेर चल्न दिइने, पसलहरु खुल्ने, लामो दुरीका गाडी तत्काल सञ्चालन गर्न नपाईने लकडाउन खुकुलो : नीजि सवारी साधन जोर विजोर गरेर चल्न दिइने, पसलहरु खुल्ने, लामो दुरीका गाडी तत्काल सञ्चालन गर्न नपाईने

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर...

कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो

२०७७ बैशाख १३ गते शनिबार

२५ मार्च, २०२०चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर...

युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ ब्रसेल्स । भारतले हालै सार्वजनिक गरेको...

लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति...

Top