विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित)

Best Khabar Team | २०७६ माघ ११ गते शनिबार


२५ जनवरी, २०२०
काठमाडौं । पछिल्लो समयमा नेपाललगायत विश्वका विभिन्न देशमा व्यापक रुपमा फैलिरहेको कोरोना भाईरसले अहिले थप संत्रास उत्पन्न गराएको छ । नेपालमा समेत यो रोगबाट पीडित एक युवक राजधानीको शुक्रराज सरुवा रोग केन्द्रमा उपचाररथ छन् । यो भाईरसकै कारण अहिलेसम्म विश्वमा करिब ४ दर्जन जनाको ज्यान गै सकेको छ ।

सन् २००३ मा चीनको बुहान प्रान्तबाट फैलिएको रोगका कारण सो प्रान्तमा मात्रै अहिलेसम्म ३८ जनाको ज्यान गै सकेको छ । अझ अचम्मको कुरा त के छ भने चीनमा कोरोना रोगको उपचारमा संलग्न एक चिकित्सकको समेत उपचारको क्रममा निधन भएको छ । ६२ वर्षका ती चिकित्सक चीनको स्थानीय हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत थिए । शुरुमा रुघाखोकी लाग्ने र कडा ज्वरो आउने लक्षय यो रोगको प्रमुख लक्षण हो ।

यो रोग हाल युरोपका केही देशमा समेत देखाएपछि त्यहाँको सरकारहरुले उच्च सुरक्षा सतर्कता अपनाउन नागरिकहरुलाई आग्रह गरिरहेका छन् । यो रोगको अहिलेसम्म औषधी पत्ता लागेको छैन । पशुबाट मानिसमा सर्ने विश्वास गरिएको यो रोग हावामा फैलिने सबैभन्दा घातक रोग हो । यो रोग लागेमा, कडा ज्वरो आउने, श्वास–प्रश्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने, समयमै उपचार नभए मिर्गौला फेल भै मानिसको मृत्यु समेत हुने गरेको छ ।

यो रोगबाट बच्नका लागि नियमित रुपमा सावुन पानीले हात हुन, रोगको संक्रमण देखिए जस्तो लागेमा चिकित्सकसित परामर्श दिन, जंगली तथा घरेलु पशुपंक्षीहरुसँग जोगिन, खोक्दा हाँच्छ्यिु गर्दा नाक र मुख छोप्ने, माछामासु खाँदा छाला निकालेर राम्रोसँग पकाएरमात्रै खान चिकित्सकहरुले सुझाव दिएका छन् ।

रोगलाई मध्यनजर गर्दै अहिले विश्वभरका विमानस्थलगयातका स्थानमा कडा सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । अमेरिकामा पनि यो रोगको भाईरस संक्रमित एक पुरुषको अस्पतालमा उपचार भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा...

बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता

२०७६ मंशिर १७ गते मंगलबार

०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...

अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु

२०७६ चैत्र २३ गते आइतबार

०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता...

Top