क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु

Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार


१३ अप्रिल, २०२०
टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ८ सय ३३ पुगेको छ । आजमात्रै ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।

हिजो यही समयमा क्यानडामा १ हजार ६५ जना नयाँ संक्रमित थपिएका थिए । हिजोमात्रै ६४ जनाको ज्यान कोरोनाको संक्रमणका कारण गएको थियो भने आज मात्रै ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । क्यानडामा कोरोना संक्रमित मध्ये ७ हजार ४ सय १२ जनाको स्वास्थ्यमा सुधार भएको छ । कोरोनाका कारण क्यानडाभर हालसम्म ७ सय ३५ जनाले ज्यान गुमाईसकेका छन् ।

यो समाचार तयार पार्दासम्म ५ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ । क्यानडामा पहिलो पटक गत फेब्रअरी १५ मा कोरोनाको संक्रमण देखिएको थियो । शुरुमा ८ जनामा कोरोनाको संक्रमण देखिएको भएपनि त्यसको २ महिना पुग्न लाग्दा संक्रमितको संख्या २५ हजारको हाराहारीमा पुगेको छ । पछिल्लो पटक अप्रिल ११ मा १ हजार १ सय ७० जनामा संक्रमण देखिएको थियो भने अप्रिल १० मा १ हजार ३ सय ८३ संक्रमित नयाँ थपिएका थिए ।

यस्तै अप्रिल ९ मा १ हजार ३ सय २७ र अप्रिल ८ मा १५ सय ४१ जना संक्रमित भएको यहाँको सरकारी तथ्यांकले देखाएको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित राज्यको रुपमा क्युबेक रहेको छ । जहाँ १२ हजार ८ सय ५० जना संक्रमित हालसम्म भेटिएका छन् ।

यस्तै ओन्टारियोमा ७ हजार ४ सय ७० जना संक्रमित भेटिएका छन् । , यस्तै अल्बेर्टामा १ हजार ६ सय ५१, ब्रिटिस कोलम्बियामा संक्रमितको संख्या १ हजार ४ सय ४५ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन् पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी...

थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र,  छाप्रे टहरा भत्काइने थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...

भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित

२०७७ असार २१ गते आइतबार

०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना...

अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...

Top