Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२०
टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ८ सय ३३ पुगेको छ । आजमात्रै ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।
हिजो यही समयमा क्यानडामा १ हजार ६५ जना नयाँ संक्रमित थपिएका थिए । हिजोमात्रै ६४ जनाको ज्यान कोरोनाको संक्रमणका कारण गएको थियो भने आज मात्रै ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । क्यानडामा कोरोना संक्रमित मध्ये ७ हजार ४ सय १२ जनाको स्वास्थ्यमा सुधार भएको छ । कोरोनाका कारण क्यानडाभर हालसम्म ७ सय ३५ जनाले ज्यान गुमाईसकेका छन् ।
यो समाचार तयार पार्दासम्म ५ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ । क्यानडामा पहिलो पटक गत फेब्रअरी १५ मा कोरोनाको संक्रमण देखिएको थियो । शुरुमा ८ जनामा कोरोनाको संक्रमण देखिएको भएपनि त्यसको २ महिना पुग्न लाग्दा संक्रमितको संख्या २५ हजारको हाराहारीमा पुगेको छ । पछिल्लो पटक अप्रिल ११ मा १ हजार १ सय ७० जनामा संक्रमण देखिएको थियो भने अप्रिल १० मा १ हजार ३ सय ८३ संक्रमित नयाँ थपिएका थिए ।
यस्तै अप्रिल ९ मा १ हजार ३ सय २७ र अप्रिल ८ मा १५ सय ४१ जना संक्रमित भएको यहाँको सरकारी तथ्यांकले देखाएको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित राज्यको रुपमा क्युबेक रहेको छ । जहाँ १२ हजार ८ सय ५० जना संक्रमित हालसम्म भेटिएका छन् ।
यस्तै ओन्टारियोमा ७ हजार ४ सय ७० जना संक्रमित भेटिएका छन् । , यस्तै अल्बेर्टामा १ हजार ६ सय ५१, ब्रिटिस कोलम्बियामा संक्रमितको संख्या १ हजार ४ सय ४५ पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा...
बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...
भागरथीको हत्यारा को ?
२०७७ माघ २६ गते सोमबार
०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...
फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...
Top