Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशव्यापी रुपमा गरेको ‘लकडाउन’ को समयावधि ८ दिन थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले चैत्र १८ गतेदेखि लागूहुने गरी थप ८ दिनका लागि ‘लकडाउन’को समयावधि लम्ब्याएको हो । योसँगै चैत्र २५ गते राति १२ बजेसम्म सिँगो मुलुकभर भर लकडाउन हुने भएको छ ।
कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सरकारले आम नागरिकलाई घरमै बस्नका लागि आग्रह गर्दै अत्यावश्यकीय सामग्री प्रवाहमा भने कुनै कठिनाई नहुने स्पष्ट पारेको छ । यसअघि सरकारले चैत्र ११ गतेदेखि लागूहुने गरी देशव्यापी रुपमा १ साता लामो लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा घोषणा गरेका लकडाउनको समयावधि सकिन लागेका बेला सरकारले थप ८ दिनका लागि लकडाउन जारी राख्ने निर्णय गरेको छ । लडकडाउनलाई पूर्णरुपमा पालना गर्न र यसो नगरिए कडा कारबाही गर्ने सरकारले जनाएको छ ।

लकडाउनका समयमा देशभर गाडीहरु तथा अन्य सवारी साधन चल्न नदिने तथा सर्वसाधारणहरुलाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै यस्तो गरेको भेटिए कडा कारबाही गर्ने सरकारले दोहा-याएको छ । यद्यपि अत्यावश्यक सेवामा रहेका सवारी साधन तथा व्यक्तिलाई भने कुनै रोकतोक नगरिने सरकारको भनाई छ । सरकारको यो घोषणासँगै औषधी, खाद्यान्नलगायत बोकेका अत्यावश्यक सेवाका गाडीहरुबाहेक अन्य सवारी साधन थप ८ दिन चल्न नपाउने भएका छन् ।
नियम उल्लंघन गरेको भेटिएमा कडा कारबाही गर्ने भन्दै कोरोना नियन्त्रणका लागि सरकारले शुरु गरेको यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ । यसअघि कोरोना नियन्त्रण उच्चस्तरीय समितको आजै बसेको बैठकले लकडाउनको समयावधि लब्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

समितिको आग्रहलाई दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो । सरकारले कोरोनाको जोमिबाट बच्नका लागि भन्दै देशभरका विद्यालय, क्याम्पसलगायत बन्द गरिसकेको छ । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण भेटिएको छ । जसमा १ जनाको उपचार सफल भै स्वास्थ्लाभ गरिसकेका छन् भने बाँकी ४ जनाको अस्पतालमा उपचार चलिरहेको छ । यसैबीच, सरकारले यसपटकको लकडाउन थप कडा हुने भन्दै यसलाई पालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।
लकडाउनका समयमा घरभित्रै रहन आग्रह गर्दै सरकारले अटेरी गर्नेलाई १ हजार देखि ५ हजार सम्म नगद र ६ महिनासम्म कैदको सजयाँ हुनसक्ने चेतावनी दिएको छ । संक्रामक रोग ऐन २०२० अनुसार लकडाउन उल्लंघन गर्नेमाथि कारबाही हुने भन्दै सरकारले आमजनताको सुरक्षाको लागि लकडाउन गर्नुपरेको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोनाको डरलाग्दो ग्राफ : एकैदिन ५ सय संक्रमित थपिए
२०७७ चैत्र ३० गते सोमबार
१२ अप्रिल, २०२१काठमाडौं । कोरोना भाइरसको दोश्रो लहर शुरुभएपछिको...
युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी...
बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी २०२० काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको ललिता...
अमेरिकन आइडलमा उपविजेता बने नेपाली गायक दिवेश
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । अमेरिकामा जारी चर्चित सांगीतिक प्रस्तुती...
Top