Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशव्यापी रुपमा गरेको ‘लकडाउन’ को समयावधि ८ दिन थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले चैत्र १८ गतेदेखि लागूहुने गरी थप ८ दिनका लागि ‘लकडाउन’को समयावधि लम्ब्याएको हो । योसँगै चैत्र २५ गते राति १२ बजेसम्म सिँगो मुलुकभर भर लकडाउन हुने भएको छ ।
कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सरकारले आम नागरिकलाई घरमै बस्नका लागि आग्रह गर्दै अत्यावश्यकीय सामग्री प्रवाहमा भने कुनै कठिनाई नहुने स्पष्ट पारेको छ । यसअघि सरकारले चैत्र ११ गतेदेखि लागूहुने गरी देशव्यापी रुपमा १ साता लामो लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा घोषणा गरेका लकडाउनको समयावधि सकिन लागेका बेला सरकारले थप ८ दिनका लागि लकडाउन जारी राख्ने निर्णय गरेको छ । लडकडाउनलाई पूर्णरुपमा पालना गर्न र यसो नगरिए कडा कारबाही गर्ने सरकारले जनाएको छ ।

लकडाउनका समयमा देशभर गाडीहरु तथा अन्य सवारी साधन चल्न नदिने तथा सर्वसाधारणहरुलाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै यस्तो गरेको भेटिए कडा कारबाही गर्ने सरकारले दोहा-याएको छ । यद्यपि अत्यावश्यक सेवामा रहेका सवारी साधन तथा व्यक्तिलाई भने कुनै रोकतोक नगरिने सरकारको भनाई छ । सरकारको यो घोषणासँगै औषधी, खाद्यान्नलगायत बोकेका अत्यावश्यक सेवाका गाडीहरुबाहेक अन्य सवारी साधन थप ८ दिन चल्न नपाउने भएका छन् ।
नियम उल्लंघन गरेको भेटिएमा कडा कारबाही गर्ने भन्दै कोरोना नियन्त्रणका लागि सरकारले शुरु गरेको यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ । यसअघि कोरोना नियन्त्रण उच्चस्तरीय समितको आजै बसेको बैठकले लकडाउनको समयावधि लब्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

समितिको आग्रहलाई दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो । सरकारले कोरोनाको जोमिबाट बच्नका लागि भन्दै देशभरका विद्यालय, क्याम्पसलगायत बन्द गरिसकेको छ । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण भेटिएको छ । जसमा १ जनाको उपचार सफल भै स्वास्थ्लाभ गरिसकेका छन् भने बाँकी ४ जनाको अस्पतालमा उपचार चलिरहेको छ । यसैबीच, सरकारले यसपटकको लकडाउन थप कडा हुने भन्दै यसलाई पालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।
लकडाउनका समयमा घरभित्रै रहन आग्रह गर्दै सरकारले अटेरी गर्नेलाई १ हजार देखि ५ हजार सम्म नगद र ६ महिनासम्म कैदको सजयाँ हुनसक्ने चेतावनी दिएको छ । संक्रामक रोग ऐन २०२० अनुसार लकडाउन उल्लंघन गर्नेमाथि कारबाही हुने भन्दै सरकारले आमजनताको सुरक्षाको लागि लकडाउन गर्नुपरेको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को...
भारतमा भएको बस दुर्घटनामा ३९ जनाको शव भेटियो, मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत : प्रधानमन्त्री मोदी
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान...
होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला
२०७६ चैत्र ८ गते शनिबार
२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको...
यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !
२०७७ जेठ २६ गते सोमबार
– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका...
Top