Best Khabar Team | २०७६ कार्तिक ७ गते बिहिबार
२४ अक्टोबर, २०१९
वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि जिङ्पिङ्ले नेपालको औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्केको १ साता वित्न नपाउँदै अमेरिकाले नेपालमाथि चिनियाँ प्रभाव बढ्दै गएको निष्कर्ष निकालेको छ । हालै अमेरिकाको उपसंसदमा अमेरिकी दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी प्रतिवेदन पेश गर्दै चिनियाँ प्रभाव बढ्दै गएको निष्कर्ष निकालिएको हो । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले पेश गरेको प्रतिवेदनमा तिब्बती समुदायमाथि नेपाल सरकारले प्रतिबन्ध लगाएको उल्लेख छ ।

तिब्बती बौद्धमार्गी समुदाय र उनका गतिविधिमाथि चिनियाँ सरकारकै निर्देशनमा प्रतिबन्ध लगाइएको प्रतिवेदनमा जनाइएको छ । यस्तै, दलाई लामाको जन्मोत्सव मनाउने देखि उनका सबै गतिविधिमाथि नेपालले पूर्णरुपमा प्रतिवन्ध लगाइएकोतर्फ प्रतिवेदनले सबैको ध्यानाकर्षण गराएको छ । यसका अलावा हालैका वर्षमा जारी फौजदारी अपराध संहिताले जबर्जस्ती धर्म परिवर्तनलाई अपराध मानेकोले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको उल्लेख छ । नेपालको नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा धार्मिक स्वतन्त्रता सुनिश्चित गरिएपनि यसको कार्यान्वयन पक्ष अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख छ ।
धार्मिक स्वतन्त्रताको अधिकार व्यवहारमा लागू हुन नसेको उल्लेख गरेकी छन् । यसका अलावा प्रेश स्वतन्त्रतामाथि पनि सरकारले अंकुश लगाउन खोजिएको बताइएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको नेपाल भ्रमणको १० दिनपनि अमेरिकी संसदमा यो प्रतिवेदन पेश भएको हो ।
प्र
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते
२०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...
रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ
२०७७ बैशाख १६ गते मंगलबार
२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...
सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय
२०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...
Top