२ घण्टा नाका खुल्दा साढे २२ सय नेपाल भित्रिए, चेकजाँच र क्वारेन्टाइन बसाई स्थानीय प्रशासनको लागि चुनौतीपूर्ण

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार


२५ मे, २०२० धनगढी । कैलालीमा रहेको नेपाल भारत सीमावर्ती गौरीफन्टा नाका आज २ घण्टाका लागि खुल्ला गरिएकोमा झण्डै २ हजार २ सय ५० जना भारतीय भूमिबाट नेपाल प्रवेश गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपारन्ह १२ बजेसम्म घण्टा नाका खोलिँदा २२ सय ५० जना नेपाल भित्रिएका हुन् ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका उनीहरु कोरोनाका संक्रमणका कारण दुबै देशमा भएको लकडाउनपछि घर फर्कन नपाउँदा सिमानामै अलपत्र बनेर बस्दै आएका थिए । भारतबाट नेपाल आउनेको चाप अत्यधिक भएपछि भारत सरकारले दजनौं गाडीमा राखेर उनीहरुलाई सिमा क्षेत्रमा ल्याएर छाडिदिएको थियो । सीमानामा नेपालीको चाप बढ्दै गएपछि स्थानीय प्रशासनले आज २ घण्टाका लागि सो नाका खुला गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार आज २ घण्टाका लागि खोलिएको सिमानाका पार गरेर नेपाल आउन चाहनेहरुको संख्या अझै धेरै रहेको छ ।

यसअघि करिब ४ हजार जना भारतीय भूमिबाट सो क्षेत्रहुँदै नेपाल आइसकेका छन् । अहिले यसरी भित्रिएकाहरुलाई राख्ने क्वारेन्टाइन र क्वारेन्टाइनसम्म पुग्नका लागि आवश्यक पर्ने सवारी साधनको व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई हम्मेहम्मे परेको छ । सिमिति संख्यामा रहेका सवारी साधनले उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा पु-याउन कठिनाई भै रहेको प्रशासनको भनाई छ । यसरी आउने नेपालीहरुमा पूर्वी नेपालको झापा जिल्लादेखि काठमाडौं र आपसासका जिल्लासहित सुदुरपश्चिमसम्मका नागरिकहरु रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

रोजगारी तथा मजजुरीका लागि भारतका विभिन्न भूभागमा पुगेकाहरु नेपाली नागरिकहरु विभिन्न हण्डर खाँदै भारतीय सरकारले व्यवस्था गरेको यातयातको साधन चढेर गौरीफण्टा नाका नजिक रहेको भारतीय भूमि पलियामा बस्दै आएका थिए । भारतीय क्यारेन्टाइन क्षेत्र पलियामा बस्दै आएका नेपालीहरुको चाप अत्यधिक बनेपछि उनीहरुलाई व्यवस्थापन गर्न कठिनाई भएको भन्दै नाका खोलेर आफ्ना नागरिकलाई नेपाल लैजान भारतीय पक्ष दबाब दिएको सो क्षेत्रमा बस्दै आएका मजदुरहरुले बताएका छन् ।

यसअघि सुदुरपश्चिममै रहेको नेपाल भारत गड्डाचौकी नाकाबाट पनि भारतीय भूमिमा रहेका सयौं नेपालीहरु नेपाल फर्किसकेका छन् । यसरी फर्किएकाहरुलाई पिउने पानी तथा खानाको व्यवस्था गर्न सकिएपनि उनीहरुका लागि आवश्यक क्वारेन्टाइन र स्वास्थ्य चेकजाँच निक्कै महत्पूर्ण विषय भएको र त्यसको व्यवस्थापन गर्न कठिनाई हुने स्थानीय निकायको भनाई छ । भारतमा पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दै गएको र त्यसको प्रभाव नेपालको सिमावर्ती जिल्लाका नागरिकहरुमा समेत देखिन थालेका बेला यसरी भित्रिएकाहरुलाई सुरक्षितरुपमा क्वारेन्टाइनमा राख्ने चुनौती अहिले स्थानीय प्रशासनको काँधमा थपिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित) एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा...

३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते ३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...

पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा  गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय...

हामीलाई घरमै भेटेर फर्कियो कोरोना * हामीलाई घरमै भेटेर फर्कियो कोरोना *

२०७७ भाद्र १६ गते मंगलबार

–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले...

Top